२६ जेष्ठ २०८०, शुक्रवार

मैदान प्रवेश गरेको दुई मिनेटमै मेस्सीको गोल, बार्सिलोना विजयी

२०७७,माघ,२६,सोमवार १०:२१

0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बेटिसको मैदानमा एक गोलले पछि परेपनि पुनरागमन गर्दै बार्सिलोनाले जित निकालेको हो ।

खेलको ३८ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५७ औं मिनेटमा मैदान प्रवेश गरेका मे स्सीले दुई मिनेट पछि नै गोल गरेका हुन् । यस्तै खेलको ६८ औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो ।

खेलको ७५ औं मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ ।

बेटिस ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १०:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३