काठमाडौं । प्रेस काउन्सिल नेपालले अध्यक्षमाथि पत्रकारबाटै धम्की आएको भन्दै आपत्ति जनाएको छ ।
लोककल्याणकारी विज्ञापनको विषयमा नेपाल पत्रकार महासंघले निरन्तर काउन्सिल अघि धर्ना दिइरहेको छ ।
त्यसो आज काउन्सिलमा पत्रकार महासंघको टोलीसँग छलफल समेत भएको थियो ।
मंगलबार उक्त छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भन्ने अभिव्यक्ति दिएको भन्दै काउन्सिलले आपत्ति जनाएको छ ।
‘२०८३ असोज १३ गते मंगलबार बिहान नेपाल पत्रकार महासंघको नेतृत्वसँग विज्ञापनसम्बन्धी छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्षलाई ‘‘झ्यालबाट टिपेर फालिदिन्छु’’ लगायतका धम्कीपूर्ण अभिव्यक्ति दिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ काउन्सिलले भनेको छ ।
त्यस्तै छापा माध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा काउन्सिलका अध्यक्षको कार्यकक्षमा छलफल जारी रहँदा अन्य सहभागिबाट काउन्सिलका कर्मचारी समेतलाई अपमानजनक व्यवहार भएको समेत काउन्सिलको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया