के हो सामाजिक सुरक्षा कोष ? यस्ता छन् यसका व्यवस्थाहरु

लोकपथ
403
Shares

काठमाडौँ – सामाजिक सुरक्षा कोष भन्नाले सामाजिक सुरक्षा कोष अन्तर्गत सञ्चालन हुने एउटा कार्यक्रम हो ।

सञ्चय कोष जस्तै एउटा छुट्टै कोष,जसले आम श्रमिकहरुको जीवन सुनिश्चितताका लागि ल्याइएको कार्यक्रम हो,सामाजिक सुरक्षाको योजना  हो ।

सरकारले गत आर्थिक वर्षदेखि नै सरकारले सामाजिक सुरक्षा कोष लागु गरिसकेको छ । यस कोषमा औपचारीक तथा अनौपचारीक क्षेत्रमा काम गरिरहेका श्रमिकहरु आबद्ध हुन सक्छन् ।

विशेष गरी सरकारले बैंक ,सरकारी जागिर तथा अन्य ठूला कम्पनीमा काम गर्ने श्रमिकका लागि भन्दा उद्योग धन्दा,इटा भट्टा,गार्मेन्ट लगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरुका लागि ल्याएको कार्यक्रम हो । तर बैंक तथा वित्तीय संस्था,अन्य विभिन्न कम्पनी लगायत सबै कम्पनी तथा मजदुर हरु कोषमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने सामाजिक सुरक्षा कोष कार्यविधीमा उल्लेख छ ।

सो कोषमा श्रमिकले बैंक खातामा आफ्नो मासिक आम्दानीको ११ प्रतिशत जम्मा गर्नुपर्छ भने रोजगार दाताले २० प्रतिशत थपेर कुल २१ प्रतिशत रकम प्रतिमहिना श्रमिकको खातामा संकलन हुन्छ ।

के – के छन् यसका सुविधा ?
सामाजिक सुरक्षा कोषले पनि सञ्चय कोष तथा नागरिक लगानी कोषले जस्तै विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत ४ वटा सुविधाहरु रहेका छन् । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा बृद्धावस्था सुरक्षाको सुविधा लगायतका व्यवस्थाहरु रहेका छन् ।

कोषले यी व्यवस्थाहरुको कार्यान्वयन गर्ने काम गर्छ । कार्यान्वयनको पहिलो चरणमा रोजगारदाताहरु दर्ता हुने, उनीहरुले आफूसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकहरुको दर्ता गराउने काम हुन्छ । त्यसपछि योगदान रकम जम्मा गर्न कोषले सूचना जारी गर्छ । कोषको यस्तो सूचना जारी भएपछि रोजगारदाताहरुले कोषमा रकम जम्मा गर्ने काम गर्छन् । यी शर्तहरु पूरा भएपछि मात्रै श्रमिकहरुले सुविधा प्राप्त गर्न सक्छन् । कोषले श्रमिकका खातामा जम्मा भएको रकमको आधारमा उसलाई विभिन्न सुविधा दिँदै आएको छ ।

यस्तो छ सामाजिक सुरक्षा कोषको उद्येश्य
सरकारले विशेष गरी श्रमिकको योगदानमा आधारीत सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा रोजगारदातालाई सामाजिक सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कोषको मुख्य उद्येश्य भनेकै आम श्रमिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु हो ।

सरकारले सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम कोषको स्थापना गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तर्जुमा भई कार्यन्वयनमा आएपश्चात् हाल सोही ऐन बमोजिम कोषले कार्य सञ्चालन गरिरहेको छ । त्यस्तै सामाजिक सुरक्षा कार्यविधी २०७५ अनुसार कोषले यसमा रहेका व्यवस्थाहरुको कार्यान्वयन गरिरहेको छ ।

यस्तो छ पछिल्लो अवस्था :
कोषका अनुसार हालसम्म १३ हजार ६० रोजगारदाता सूचीकृत भएका छन् । त्यस्तै, १ लख ८५ हजार ५० जना योगदानकर्ता सुचीकृत भएको कोषले जनाएको छ । कोषले हालसम्म ३६ अर्व ४ करोड भन्दा बढी योगदान रकम संकलन गरिसकेको छ । कोषले १ हजार ५ सय ५६ जनालाई २ अर्ब ६० करोड रुपैँया दाबी भुक्तानी गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?