अपडेट : नियन्त्रणमा आएन ४ दिनदेखी लागेको आगो, पाथिभरा मन्दिर क्षेत्र प्रहरीले जोगायो

आगो हिजो भन्दा आज झन् दन्कियो !

काठमाडौं । ताप्लेजुङ्गस्थित पाथिभरा मन्दिर रहेको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गत शुक्रवारबाट लागेको आगो आज (सोमवार) ४ दिनसम्म पनि नियन्त्रणमा आएको छैन ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन भएका छन् भने स्थानीयहरुले पनि आगो निभाउन सहयोग गरिरहेका छन् ।

आगोले पाथिभरा देवीको मन्दिरलाई क्षति नगरोस् भनेर मन्दिर आसपासको क्षेत्रमा ब्रेक पोइन्ट बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

पाथीभरा क्षेत्रमा भीषण आगलागि, मन्दिर जोखिममा

हिजो भन्दा आज आगो झन बढेको र नियन्त्रणमा लिन कठिन भइरहेको डिएसपी श्रेष्ठले बताए । डाँडामा आगो लागेको हुँदा दमकल जानसक्ने अवस्था नरहेको उनले जानकारी दिए । ‘माटो सेउला र पानीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ’ उनले भने ।

‘पुरै भिरमा आगो लागेका कारण कति समयमा नियन्त्रणमा आउछ भनेर भन्न सकिने अवस्था छैन’ उनले भने ।

यो पनि पढ्नुहोस् :  पाथिभरा मन्दिर रहेको जंगलमा आगलागी, नियन्त्रणमा लिन कठिन
                         

अझै नियन्त्रणमा आएन पाथिभरा मन्दिर क्षेत्रको वनमा लागेको आगो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?