अझै नियन्त्रणमा आएन पाथिभरा मन्दिर क्षेत्रको वनमा लागेको आगो

काठमाडौं । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा शुक्रवारबाट लागेको आगो भोलीसम्म नियन्त्रणमा आउने प्रहरीले बताएको छ ।

‘डाँडामा आगो लागेको हुँदा दमकल जान सकेको थिएन तर पानीको पाइप बाट आगो निभाउने काम जारी छ । भोलीसम्म आगो नियन्त्रणमा आँउछ ।’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका प्रमुख डीएसपी महेन्द्र कुमार श्रेष्ठले लोकपथलाई भने ।

पाथीभरा क्षेत्रमा भीषण आगलागि, मन्दिर जोखिममा

‘पाथिभरा देबीको मन्दिरलाई आगोबाट बचाँइसकेका छौं । आगो करिब ७-८ वर्ग कि.मि मा फैलिएको छ ।’ डीएसपी श्रेष्ठले भने ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली आगो नियन्त्रणमा लिन हिजोबाटै खटिएका छन् ।

तस्वीर : पराग क्षेत्री

यो पनि : पाथिभरा मन्दिर रहेको जंगलमा आगलागी, नियन्त्रणमा लिन कठिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?