पाथिभरा मन्दिर रहेको जंगलमा आगलागी, नियन्त्रणमा लिन कठिन

काठमाडौं । ताप्लेजुङ्गस्थित पाथिभरा मन्दिर रहेको जंगलमा आगलागी भएको छ । आगोले पाथिभरा देबीको मन्दिर जल्ने सम्भावना रहेका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका प्रमुख डीएसपी महेन्द्र कुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

हिजै बेलुका सानो-सानो आगो लागेको र हावाका कारण आगो फैलिएको श्रेष्ठले बताए । डाँडामा आगो लागेको हुँदा दमकल जानसक्ने अवस्था नरहेको उनले जानकारी दिए । ‘माटो सेउला र पानीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ’ उनले भने ।

पाथिभरा मन्दिरलाई क्षती नपुगोस भनेर मन्दिर आसपासका क्षेत्रमा टोली परिचालन गरेको डीएसपी श्रेष्ठले बताए ।

तस्वीर : पराग क्षेत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?