चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्यो, महरासँग पनि भेटवार्ता

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र पूर्वसभामुख कृष्णबहादुर महराबीच भेटवार्ता भएको छ।

राजदूत यान्छीले शुक्रबार महरा निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गरेकी हुन्। संसद विघटनसँगै  नेकपाभित्र राजनीतिक सरगर्मी बढिरहेका बेला  महराले गरेको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यस अघि राजदूत  यान्छीले आजै नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) को प्रचण्ड समूहका अध्यक्ष माधव नेपालसँग भेट गरेकी थिइन् । राजदूत यान्छी र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । कोटेश्वरस्थित नेपालको निवासमा भएको भेटमा उनीहरुबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको हो ।

यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?