संसद विघटनको प्रस्ताव राष्ट्रपतिबाट अनुमोदन (विज्ञप्तिसहित)

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गर्ने प्रस्ताव स्वीकृत गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार (आज) आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई आम संसद भंग गर्ने रिफारिस राष्ट्रपति समक्ष लगेका थिए ।

त्यसै अनुसार राष्ट्रपति भण्डारीले संविधानका धारा ७६ को उपधारा (१) र ७ तथा धारा ८५ एवम् संसदीय प्रणालीको आधारभूत मूल्य मान्यतामा रहि उक्त रिफारिस अनुमोदन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै २०७८ साल बैशाख १७ गते शुक्रवार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमवार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न मन्त्रिपरिषदले गरेको सिफारिस स्वीकृत गरेकी छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?