अध्यादेश जारी भएपछि जंगिए रामचन्द्र पौडेल, के भने ?

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै नेपाली राजनीतिमा नयाँ तरंग छाएको छ ।

यसैबीच संवैधानिक परिषद् को मुल मर्म विपरित संवैधानिक निकायमा आफू अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ अध्यादेश जारी गरिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

उनले ”संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।” भनेका छन् ।

भएको के हो ?

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन ।

आजको लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।

बैठकमा कोरम संख्या नपुगेपछि आजको लागि बोलाईएको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको हो ।

यसअघि आइतवार बैठक बोलाइएको थियो । तर आइतवारपनि गणपूरक संख्या नपुगेपछि बैठक बस्न सकेको थिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?