कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल

काठमाडौं । कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्मालाई उपचारका लागि भेन्टिलेटरमा राखिएको छ ।

निमोनियाको समेत समस्या देखिएका संक्रमित विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई शनिवारदेखि भेन्टिलेटरमा राखिएको हो ।

कोरोना संक्रमण देखिएपछि वीर अस्पतालमा रहेका विश्वकर्मालाई हाल धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा राखिएको छ ।
उनको पारिवारिक स्रोतका अनुसार निमोनियाले फोक्सोमा धेरै प्रभावित बनाएको र अवस्था गम्भीर भएको छ ।

शुरुमा उनमा ज्वरो र स्वासप्रश्वासको पनि समस्या देखिएको छ ।

उनको फोक्सोभित्र पनि कोरोना भाइरस भएको र फोक्सोमा सुधार भएको आधारमा नै स्वास्थ्य अवस्था निर्भर हुने उनी निकट स्रोतले जनाएको छ ।
साथै उनको स्वास्थ्यमा सुधार आउनका लागि केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

साथै स्वास्थ्य अवस्था बिग्रिएका कारण आइसियूबाट भेन्टिलेटरमा सार्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।

पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माको स्वास्थ्य उपचारमा सहयोग गर्न शनिवार कांग्रेस सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरि आग्रह गरेका थिए ।

उनमा गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?