काठमाडौं – केहि समय अगाडी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विषयलाई लिएर नेपाली राजनीति निकै तात्यो ।
त्यसको बाछिटाले अझैपनि केन्द्रको राजनीतिमा चिसोपना कायम छ । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली पक्षले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अगाडी सारेको यो प्रकरणपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा आए ।
त्यसैले कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको अवस्थामा आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्दैछन् । प्राप्त जानकारी अनुसार उनले केपी शर्मा ओली पक्षका दुई मन्त्री सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर माधव कुमार नेपाल समूहका छन् । नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम अगाडी रहेको छ । तर कसलाई कुन जिम्मेवारी दिईनेछ भन्नेबारे एकिन छैन ।
बैंकिङ कसुरमा परेका कारण खड्कबहादुर खत्रीलाई हटाईएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ ।
ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएको प्रकरणलगत्तै मुख्यमन्त्री शाहीले यसअघि नै प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया