यी हुन् मुख्यमन्त्री शाही विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने १८ सांसद

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल कर्णालीका नेता महेन्द्रबहादुर शाही विरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार पार्टीका १८ जना सांसदहरुले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहसमक्ष बुझाएका हुन् ।

अविश्वासको प्रस्तावमा कर्णाली प्रदेशका प्रदेश सभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीमगर लगायत चन्द्र बहादुर शाही, करबिर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, सुशीलकुमार थापा, मिना सिंङ रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, पदमा खड्का, कौशिलावति खत्री, राजु नेपाली, धर्मराज रेग्मी, खडकबहादुर खत्री, ठम्मर बहादुर विष्ट, बदमीक्वारी बोहोरा, देवी ओली रहेका छन् । अविश्वासको प्रस्ताव दर्ता गराएपछि सांसद यमलाल कँडेलले पत्रकारहरुसँग कुराकानी गर्दै संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टी र सरकारको कामकारबाही फितलो भएकोले अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बताए ।

हस्ताक्षर गर्नेमा पूर्व एमालेका १५ जना र पूर्व माओवादीका ३ जना सांसद रहेका छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसदहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?