चीन छाडेका विदेशी फेरि फर्कन पाउने

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण आ–आफ्नो देश फर्किएका विदेशीहरू चीन फर्किन पाउने भएका छन् ।
चीनको परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय अध्यागमन प्रशासनले बुधबार एउटा सूचना निकालेर प्रक्रिया पुगेका विदेशीहरू पुनः चीन फर्कन सक्ने जनाएका हुन् ।

यसअघि महामारी नियन्त्रण तथा रोकथामका लागि मार्च २६ देखि चीन छाडेका विदेशीलाई अर्को सूचना नभएसम्म फर्कन नमिल्ने बताइएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?