अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाटै २ लाखको मृत्यु हुनु लाजमर्दो विषय रहेको प्रतिक्रिया दिएका छन् । यद्यपी, सरकारले रोकथामका लागि सही प्रयास गरेकाले मृतकको संख्यामा कमी आएको उनको दाबी छ ।
‘सरकारले रोकथाम प्रयास नगरेको भए संक्रमितको संख्या २०–२५ वा ३० लाखसम्म हुनसक्थ्यो,’ उनले भने,‘हामीले देशलाई बन्द नगरेको भए अवस्था डरलाग्दो हुने थियोे । अहिले फेरि सुचारु भएको छ र स्टक मार्केट माथि पुगेको छ ।’
उनले भाइरसको फैलावटका लागि चीन जिम्मेवार रहेको आरोप पनि लगाएका ।
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ भने संक्रमितको संख्या ७० लाख नाघिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया