लद्दाखमा चीनले तैनाथ गर्यो १७ हजार सैनिक, भारतद्वारा ‘टी-९०’ ट्यांक तैनाथ !

काठमाडौं । पूर्वी लद्दाखको गलवान घाटीमा गत १५ जूनमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

त्यसपछि चीन र भारतबीचको अवस्था झनै तनावग्रस्त बनेको छ । अहिलेसम्म यो समस्या सुल्झिन सकेको छैन ।

दुबै देशको बीचमा कमाण्डर स्तरको कुराकानी भएपनि अहिलेसम्म सीमा विवाद साम्य बनेको छैन । यसैबीच दैनिक हिन्दूस्तानलाई उद्धृत गर्दै हिन्दी बीबीसीले लेखेको छ, ‘लद्दाख सीमामा चीनले १७ हजार सैनिक तैनाथ गरेपछि भारतले पनि टी-९० ट्यांक खडा गरेको छ । साथै सैनिक बल पनि तैनाथ गरेको छ ।’

सरकारी स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भारतका तर्फबाट ‘काराकोरम’ नजिक पेट्रोलिङ प्वाइन्ट–१ देखि ‘देपसाङ’ मैदानसम्म सेना तैनाथ गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?