काठमाडौं । दुर्घटनापछि भाग्दै गरेको पिकअप भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिराहाको मिर्चैया नगरपालिका–८ भगवतपुर निवासी गुनाई ठाकुर रहेका छन् ।
बा.प्र. ०१–०३२ च ८९७१ नम्बरको ईभी कार विद्युतको पोलमा ठोक्किएर अनियन्त्रित भई नालामा खसेको थियो ।
दुर्घटनापछि कार चालकले आफ्नो साथीलाई लिन बोलाए । प्र.२–०४–००१ च ००३३ नम्बरको सेतो पिकअप गाडीमा बसेर भाग्ने क्रममा उक्त गाडीले ठाकुरलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते ठाकुरलाई मंगलम अस्पताल मिर्चैयाबाट थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो । तर बाटोमै स्वास्थ्य अवस्था बिग्रिएपछि सप्तरीस्थित हमेश्वरी अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा अन्य चार जना समेत घाइते भएका छन् । दुर्घटनाग्रस्त कार र योद्दा पिकअप नियन्त्रण लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा सोही स्थानका राम पुकार ठाकुर, सुमन शर्मा, सुभली कुमारी यादव र एक बालक रहेका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया