कहाँ छ संसारकै सबैभन्दा ठूलो किल्ला ?

काठमाडौं । पाकिस्तानमा रहेको एक किल्ला संसारकै सबैभन्दा ठूलो किल्ला हो । पाकिस्तानको सिन्ध प्रान्त्मास्थित जमशोरोमा किर्थर रेजको लक्की पहाडमा उक्त किल्ला अवस्थित छ ।

उक्त किल्ललाई रानी कोर्ट फोर्ट भन्ने गरिन्छ । कसैले यो किल्लालाई सिन्ध को ढोका भनेर पनि चिन्ने गर्दछन् । उक्त किल्लाको लम्बाई ६४०० रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो किल्ला २० औँ शताब्दीको शुरुवातमा बनाइएको थियो । कसैले भने यो किल्ला सन् ८३६मा सिन्धका गभर्नर पर्सियन नोबल इमरान बिन मुसा बमर्कीले निर्माण गरेका थिए भन्ने गरेका छन् ।

पाकिस्तानको यस किल्लालाई युनेस्कोले पनि विश्व धरोहर स्थलहरुको सूचीमा शामिल गरेको छ । सन् १९९३ मा पाकिस्तानका नेशनल कमिशन फर युनेस्कोद्वारा विश्व धरोहर स्थलको रुपमा चिन्ने बताएको थियो ।

उक्त किल्लामा ४ मुख्य गेटहरु छन् । जसलाई स्यान, अमरी, शाह पेरी रमोहन गेट भन्ने गरिन्छ । यो किल्ला भन्दा भित्र पनि एउटा सानो किल्ला रहेको छ जसलाई मिरी किल्ल भन्ने गरिन्छ ।

स्यान गेटबाट मिरी किल्ल लगभग ३ किलोमिटर टाढा रहेको छ ।

एजेन्सीको सहयोगमा

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

जहाँका मानिस रुख चढ्ने बाख्राको बड्कौँलाबाट करोडपति बन्दछन् !

पुच्छरमा टोकेर गाई दौडाउँने अनौठो पर्व !

जहाँका मानिस पाहुनाको हातमा थुकेर उनीहरुको स्वागत गर्दछन् !

बलिरहेको आगोमा दौडिने अनौठो पर्व !

मानिसले जति नै मासु खान्छन् माकुरा !

जुन समुन्द्रमा कोहि कहिल्यै डुब्दैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?