मानिसले जति नै मासु खान्छन् माकुरा !

काठमाडौं । तपाईलाई लाग्ला की माकुरा एक सानो जीव हो । यसले विभिन्न किराहरुलाई आफ्नो आहार बनाउँछ । तर वास्तवमा माकुरा आफैमा धेरै नै शक्तिशाली सिकारी जीव हो भन्ने कुरा धेरैलाई थाहा छैन होला ।

पृथ्वीमा भएका माकुराहरुले एक वर्षमा करीब ४० देखि ८० करोड टन किटपतंग खाने गर्दछन् ।

साइन्स अफ नेचर जर्नलमा प्रकाशित शोधका अनुसार प्रकृतिमा झण्डै २ करोड ५० लाख टन माकुरा छन् । अर्थात् पृथ्वीको प्रत्येक एक वर्गमिटरमा १३१ वटा माकुरा छन् ।

घाँसे मैदानमा माकुराको संख्या १५२ देखि १ हजार सम्म पुग्दछ । मार्टिन निफेलर र क्लाउस बिर्खोफरले गरेको अध्ययन अनुसार यी मांशाहारी जिवले विभिन्न किराहरुलाई मारेर सिकार बनाउछन् ।

जसअनुसार यिनीहरुले वर्षमा ४० देखि ८० करोड टन किटपतंगको शिकार गर्दछन् ।

माकुराले गर्ने यो शिकारको तौल भनेको धर्तीमा रहेका सबै मानिसको तौल भन्दा पनि बढि हो । धर्तीमा भएका सबै मानिसको तौल जम्माजम्मी ३५ करोड ७० लाख छ ।

त्यसको अर्थ एक वर्षभरमा माकुराले संसारमा भएका सबै मानिसलाई खाएर पनि अघाउँदैनन् । वैज्ञानिकहरुका अनुसार रोग फैलाउने विभिन्न खाले किराहरुलाई खाइदिएर माकुराले मानिसलाई ठूलो सहयोग गरिरहेका हुन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?