जुन समुन्द्रमा कोहि कहिल्यै डुब्दैन !

काठमाडौं । समुद्रमा पस्नलाई लाइफ ज्याकेट लगाउनुपर्छ, कि पौडी खेल्न जानेको हुनुपर्छ । नत्र त्यहिँ डुबेर मर्नुको विकल्प रहँदैन । पौडी खेल्न नजान्नेहरु समुद्रको किनारमा पनि डरले गर्दा लाइफ ज्याकेट लगाउँछन् ।

आज हामी तपाईहरुलाई त्यस्तो समुद्रको विषयमा जानकारी दिनेछौँ जहाँ केही नलगाई पसेपनि डुबिँदैन । पौडी खेल्न नजान्नेहरुले पनि लाइफ ज्याकेटको सहाराबिना नै त्यो समुन्द्रमा पसेर मजा लिन सक्छन् । मानिसहरु त्यो समुद्रमा डुब्नुको सट्टा पात तैरिएजसरी तैरिन्छन् ।

डेड सी नामक उक्त समुद्र जोर्डन र इजरायलको बीचमा रहेको छ । त्यसलाई साल्ट सी पनि भन्ने गरिन्छ । त्यो समुद्रमा नूनको मात्रा अत्यधिक भएकाले पानी असाध्य नुनिलो छ।

जसले गर्दा कुनै वनस्पति वा जीव उक्त समुद्रमा पाइदैनन् । त्यो समुद्रको पानीमा पर्याप्त मात्रामा मिनरल पाइने भएकाले गर्दा स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले बताएका छन् ।

त्यो समुद्रमा नुहाउँदा छालाका रोगहरु तुरुन्तै निवारण हुने विश्वास पनि रहेको छ। त्यहाँ नुहाउनकै लागि टाढा टाढाबाट पर्यटकहरु आउने गर्छन् ।

नूनको मात्रा अत्यधिक हुने कारणले गर्दा नै त्यो समुद्रमा मान्छे डुब्दैनन् । मानिसहरु आरामले पानीमा तैरिइरहेको देख्न सकिन्छ । यो समुन्द्र मान्छे नडुब्ने विश्वकै एक मात्र समुन्द्र हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?