बलिरहेको आगोमा दौडिने अनौठो पर्व !

काठमाडौं । इण्डोनेसियाको विशेष पर्व हो यादन्या कासदा । यो पर्वमा गरिने क्रियाकलाप अझ रेचक र विशेष छन् । रोचक मात्र होइन, डरलाग्दा पनि छन् । यस पर्वका अवसरमा मानिसहरु निस्किरहेको ज्वालामूखीबाट बलेको आगोमा हाम फाल्छन्दौ र डिन्छन् ।

उक्त पर्वका अवसरमा त्यहाँको पहाडलाई भगवान मान्ने गरिन्छ । किनभने पहाडले मानिसहरुलाई खाद्यान्न उपलब्ध गराउँदछ ।

इण्डोनेसिायको पूर्वी जाभा प्रान्तस्थित हिन्दु टेंगेरेस समुदायले यो पर्व मान्ने गर्दछन् । मानिसहरुले बलिरहेको ज्वालामुखीको मुखमा अन्नपात तथा खानेकुरा चढाएर पूजा पनि गर्दछन् ।

इण्डोनेसियामा वर्षको जुनमा यो पर्व मनाउने गर्छन् । पर्वको चौधौँ दिनमा उक्त समुदायका मानिसहरु ७६४१ फिट अग्लो ज्वालामुखी पहाड ब्रोमोमा चढ्दछन् अनि पूजा गर्दछन् ।

त्यसो गर्नाले रोगब्याधी तथा प्राकृतिक विपत्तिबाट सुरक्षित भईने त्यहाँका स्थानीयहरुको विश्वास रहेको छ । ज्वालामुखीमा हाम फाल्ने र त्यहाँ चढाइएका सामान लिएर फर्किने प्रचलन रहेको यो पर्वको रमाइलो र डरलाग्दो छ ।

इण्डोनियाबासीले १५ औँ शताब्दी देखि नै यो पर्व मनाउँदै आएका छन् । साथै पर्व बेला ज्वालामुखिको पहाडमा मानिसहरु सांस्कृतिक भेषभुषामा नृत्य समेत गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?