कोरोना संक्रमितको हिसावले नेपाल विश्वको कति औँ स्थानमा ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ६९ हजार ८६० जनाको मृत्यु भएको छ भने १ करोड ७१ लाख ७७ हजार ८६६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ६ लाख ९२ हजार ४१४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ३८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा अहिले ५८ लाख १५ हजार ५९२ जना स्वास्थ्योपचार गराईरहेका छन् ।

त्यस्तै ४९८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ भने ६ हजार ५७४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ६४ औँ स्थानमा रहेको छ । अहिलेसम्म नेपालमा १९ हजार २७३ जनालाई कोरोना संक्रमण भएको छ भने ४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै १४ हजार २१ जना संक्रमण मुक्त भएका छन् भने नेपालमा ५ हजार २०३ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?