कोरोना कहर : भारतमा संक्रमितको नयाँ रेकर्ड, बुधवार अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ६९ हजार ८६० जनालाई संक्रमण भएको छ भने १ करोड ७१ लाख ७७ हजार ८६६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ६ लाख ९२ हजार ४१४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ३८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३५ हजार ३ जनाको मृत्यु भएको छ भने १५ लाख ८४ हजार ३८४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० लाख २१ हजार ६११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा ५ लाख २७ हजार ७७० जना स्वास्थ्योपचार गराईरहेका छन् ।

भारतमा बुधवार मात्रै आज सम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ बुधवार ५२ हजार २४९ जना संक्रमित थपिएका छन् भने ७७९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?