विश्वासका लागि चीनले सीडीसी प्रमुख अफिसरलाई लगायो कोरोना भाइरसको खोप

काठमाडौं । चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

कोरोना भाइरसको भ्याक्सीन बनाउन विश्वका वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म यसको ठूलो सफलता भने हात पर्न सकेको छैन ।

यसैबीच विश्वलाई कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनेको प्रमाणित गर्न चीनले चीनका रोग नियन्त्रण र रोकथाम केन्द्रका निर्देशक गाओ फूमा कोरोना भ्याक्सीनको परीक्षण गरेको छ ।

उनले स्वयं नै कोरोनाविरुद्धको भ्याक्सी नबनेको प्रमाणित गर्न आफूमा भ्याक्सीनको परीक्षण गर्न लगाएका हुन् ।

उनले कोरोना भ्याक्सीनको एक डोज लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

फूले यसको उद्देश्य मानिसलाई कोरोनाविरुद्धको भ्याक्सी नबनेको प्रमाणित गर्नु र विश्वास दिलनउनु रहेको बताएका छन् । तर उनले यो टिका कहिले लिएका थिए भन्ने बारेमा भने खुलाएका छैनन् ।

चीनमा करिव ८ भ्याक्सीनले ह्यूमन ट्रायल गरिरहेका छन् । कोरोना भ्याक्सीन बनाउने दौडमा अमेरिकाको कम्पनीका साथै ब्रिटेन र चीनका कम्पनी रहेका छन् ।

कोरोना भाइरसका कारण विश्वमा यो समाचार तयार पार्दसम्म ६ लाख ७० हजार ४५४ जनाको मृत्यु भएको छ भने १ करोड ७२ लाख १ हजार २७७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ७ लाख १६ हजार २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ३८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?