काठमाडौं । नेपालमा थप १३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा २ हजार ८ सय ३४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आज, गोठगाँउ आइसोलेसन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ जना पुरुष, झापाका २९ जना पुरुष, मोरङका ११ पुरुष, पाँचथरका १ जना पुरुष, सुनसरीका २० जना, ताप्लेजुङका १ जना पुरुष, उदयपुरका ४ जना पुरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १ जना पुरुष कास्कीका ४ जना महिला र १० जना पुरुष, पर्वतका १ जना पुरुष, स्याङ्जाका १ जना महिला डिस्चार्ज भएकी छिन् ।
प्रवक्ता गौतमका अनुसार जलेश्वर अस्पताल महोत्तरीबाट ७ जना महिला कोरोना विशेष अस्पताल दाङबाट १ जना डिस्चार्ज भएका छन् । त्यस्तै, सुर्खेतबाट ७ जना महिला र ६ जना पुरुष डिस्चार्ज भएका छन् ।
यसैगरी, बाँकेबाट बर्दियाका ४ जना महिला र २ जना पुरुष, बाँकेकै २ जना महिला र २१ जना पुरुष डिस्चार्ज भएका छन् ।
आज कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका १ सय ३६ मध्ये १८ जना महिला र १ सय १८ जना पुरुष रहेका छन् । त्यस्तै, कुल डिस्चार्ज भएका २ हजार ८ सय ३४ जना मध्ये २४२ जना महिला र २ हजार ५ सय ९२ जना पुरुष रहेका प्रवक्ता गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा नेपालमा ५५४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १२,३०९ पुग्यो
नेपालमा आज (शनिवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २८ पुग्यो
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २८ जनाको मृत्यु भएको छ । नेपालमा हिजो (शुक्रवार) एकैपटक ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बितेको २४ घण्टामा नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।
त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत कोरोनाको कारण भरतपुर अस्पतालमा १ जना बिरामीको मृत्यु भएको बताए । मृत्यु हुनेमा कैलाली गोदावरीका ५० वर्षीय पुरुष रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार लामो समयदेखि फोक्सोको क्यान्सरको समस्या तथा हाल कोभिड-१९ को संक्रमणका कारण शनिवार बिहान ६ः३५ बजे उनको निधन भएको हो ।
उनलाई कोरोना संक्रमण देखिएपछि चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा मिति असार ११ गते बिहीवार राति १० बजे स्थानान्तरण गरिएको थियो ।
साथै यस अघि पनि कोभिड-१९ र क्यान्सरका कारण अस्पतालमा गत जेठ २७ गते ६८ वर्षीय पुरुषको निधन भएको थियो ।
यसैबीच आज थप एकजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया