‘प्रहरी हुँ’ भन्दै धम्की दिने पक्राउ, साथबाट वाकीटकी र प्रेस कार्ड बरामद

लोकपथ
105
Shares

काठमाडौं । वाकीटकी नै बोकेर प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्क्याउँदै हिँड्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ का ४७ वर्षीय शैलेश डंगोल रहेका छन् ।

बुधबार राति साढे ९ बजे आसपासको समयमा प्रहरी हुँदै भन्दै प्रहरीले सञ्चारका लागि प्रयोग गर्ने वाकीटकी सेट देखाइ धाकधम्की दिएको खबर प्रहरीमा पुग्यो । सोही सूचनाका आधारमा काठमाडौं महानगरपालिका–३२ फुटबल ग्राउण्ड पुगेको प्रहरी टोलीले शैलेशलाई पक्राउ गरेको हो ।

उनको साथबाट वाकीटकी र सूचना तथा प्रशारण विभागबाट जारी भएको प्रभाव दैनिकको प्रेस प्रतिनिधि प्रमाणपत्र समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

बिहीबार जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी बृत्त नयाँ बानेश्वरमा अनुसन्धान भइरहेको भटट्राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?