अपरिचितले बधाई दिँदै तपाईँको बैंक खाता माग्यो ? होस गर्नुस् है !

काठमाडौं । प्रहरीले विभिन्न माध्यमबाट फोन, म्यासेज, भ्वाइस कल तथा फेक कल गरी ठूलो धनराशी चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत हुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

महानगरीय अपराध महाशाखाले एक सूचना जारी गर्दै हिन्दी भाषाबाट बधाइ दिने, बैंक खाता नम्बर माग्ने रसो रकम पठाउनका लागि राजश्व तिर्नुपर्ने भन्दै रकम माग गरेर ठगी हुने गरेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

यस्तै, प्रहरीको नाम लिँदै व्यक्तिगत विवरण समेत माग हुने गरेको पाइएको भन्दै त्यस्तो भ्रममा नपर्न पनि सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?