‘जनवरीमा इरानमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ब्ल्याक बक्स अध्ययनका लागि फ्रान्स पठाइने’

काठमाडौं । तेहरानको आकाशमा सन् २०२० को जनवरीमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ‘ब्ल्याक बक्स’को डाटा अध्ययनका लागि फ्रान्स पठाउन लागिएको इरानी विदेशमन्त्री मोहम्मद जवेद जरिफले सोमबार बताएको छ ।

मन्त्री जरिफले उक्त कुरा क्यानडाली विदेशमन्त्री फ्राँस्वा फिलिप च्याम्पियनसँगको टेलिफोन वार्तामा बताएका हुन् ।

उक्त विमानको ब्ल्याक बक्स आगामी केही दिनमा तेहरानबाट फ्रान्स पठाइनेछ,”जरिफलाई उद्धृत गरी इरानी राष्ट्रिय समाचार संस्था, आइआरएनए, ले समाचारमा उल्लेख गरेको छ ।

बोइङ कम्पनीको यूक्रेनी ध्वजावहाक विमान ७३७–८०० विमान इरानको राजधानी तेहरानबाट यूक्रेनको राजधानी किभका लागि उडेको केही समयपछि तेहरानस्थित खोमेइनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गत जनवरी ८ तारिखका दिन दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना भएको वा हतियारको प्रयोग गरी खसालिएको थियो भन्ने विषयमा इरान, क्यानडा, बेलायत, अमेरिका, यूक्रेनबीच फरक मत देखिएपछि अन्तमा इरानले विमान खसालिएको कुरालाई स्वीकार गरेको थियो ।

विमानले १७६ यात्रुसहित चालक दलका सदस्य लिएर उडिरहेको समयमा दुर्घटनाग्रस्त भएको इरानले प्रारम्भिक अवस्थामा बताएको थियो ।

यो पनि पढ्नुहोस् : के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?

स्याटलाइट तस्वीरहरूमा विमानलाई कुनै मानव निर्मित वस्तु (हतियार) आई ठोकिएपछि दुर्घटनाग्रस्त भएको भनी क्यानडालगायतका मुलुकले यसको स्वतन्त्र छानविनका लागि दवाव दिएपछि इरानले विमानलाई इरानी सैनिकले खसालेको स्वीकार गरेको थियो ।

केही समयपछि भने विमानमाथि इरानी सैनिक मिसाइल ‘भूलबस’ लागेको पुष्टि गरेको थियो । शुरूमा विमानको ब्ल्याक बक्स विदेश पठाउन नमानेको इरानले करिब छ महिनापछि यसलाई अध्ययनका लागि फ्रान्स पठाउन सहमत भएको हो ।

इरानमा भएको युक्रेनी विमान दुर्घटनाबारे लोकपथमा यस अधि प्रकाशित समाचार पढ्नुभएको थियो ?

इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो

इरान विमान दुर्घटना अपडेट स् सवार सबैको मृत्यु

१ सय ८० जना बोकेको विमान दुर्घटना : आकाशबाट बल्दै खसेको भिडियो फेला (भिडियोसहित)

इरान विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको पहिचान खुल्यो, कुन देशका कति ?

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

दुर्घटनाग्रस्त अमेरिकी विमानको ‘ब्लाक बक्स’ इरानले नदिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?