नेपालको कुन प्रदेशका कति वटा जिल्लामा फैलियो कोरोना ? यस्तो छ, विवरण

काठमाडौं – प्रदेश नम्बर १ का ७ जिल्ला ८६ जना , प्रदेश नम्बर २ का सबै जिल्लाहरु (आठवटै) १ सय ७९ जना, वाग्मतीका ११ जिल्ला ३४ जना, गण्डकीका ३ जिल्लाका पाँच जना, प्रदेश नम्बर ५ का ७ जिल्लाका २ सय ८१ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना, सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना गरी ४२ जना संक्रमित रहेका छन् ।

आज थपिएका १९ जना गरी नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । तिमध्ये महिला संक्रमितको संख्या ७९ छ भने पुरुष संक्रमित ५२४ रहेको छ । आज नुवाकोटमा पहिलोपल्ट संक्रमण देखिएको हो ।

हालसम्म नेपालका सातै प्रदेशमा संक्रमण फैलिएको छ भने ४२ जिल्लामा यो संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमण देखिन थालेको ४ महिना पूरा भइसकेको छ ।

आज थपिएका १९ जनासहित संक्रमित संख्या ६०३ पुगेको हो । ८७ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । यस्तै स्वमूल्याकंनको आधारमा कोरोना भएको हुनसक्ने सूचीमा ४४७ जना रहेका छन् ।

कति भयो परीक्षण ?
पिसीआर विधीबाट हालसम्म कुल ४८ हजार ८ सय १५ जनाको परीक्षण भएको छ । आरडीटि विधिबाट ९० हजार २६ जनाको जाँच गरीएको छ । गत २४ घण्टामा मात्रै पिसिआर विधीबाट २ हजार ८ सय ५६ जनामा परीक्षण गरीएको छ ।

त्यस्तै आरडीटि विधीबाट गत २४ घण्टामा मात्रै ३ हजार ७ सय ९१ जनामा जाँच गरिएको छ ।

जसमा प्रदेश १ मा १० हजार २ सय ५४, प्रदेश २ मा ६ हजार ३ सय ४४, वाग्मती प्रदेशमा २२ हजार ८ सय ११, गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जना, प्रदेश ५ मा १३ हजार २ सय ६७ जना, कर्णाली प्रदेशमा ९ हजार ३९ जना र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनामा कोरोना संक्रमण भए नभएको जाँच गरीएको छ ।

कति भए डिस्चार्ज  ? 

आइतवार नेपालमा थप १७ जनाले कोरोना संक्रमण जितेका छन् । कोरोनाको उपचारपछि १७ जना निको भएर घर फर्किएका हुन् ।

आइतवार नारायणी अस्पतालमा उपचार गराइरहेका बारा पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय ७ पुरुष निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बुटवलको धागो कारखानामा रहेका १० पुरुष जना पिसिआर बिधिबाट परीक्षणमा नेगेटीभ आएपछि उनीहरुलाइ डिस्र्चाज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ भने उपचारपछि ८७ जना घर फर्किएका छन् ।

आज थपिएका संक्रमित कहाँका हुन् ? कस्तो छ स्वास्थ्यअवस्था ? 

नेपालमा थप १९ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थय प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा मोरङ बारदशी ३ का ४५ वर्षिय पुरुषमा संक्रमण पोेजेटिभ देखिएको हो । यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षिय पुरुष, विरगञ्ज पर्साका २५ वर्षिय, पर्साका ३४ वर्षिय पुरुष र पर्साकै नागबाका ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै रौतहट घर भइ कलैयामा कार्यरत ३२ पुरुष, सर्लाहीको हरिपुर ६ का ४८ वर्षिय पुरुष, रुपन्देही सम्मरीमाइ ५ का ४० र ५० वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यस्तै रुपन्देहीका १६ वर्षिय किशोर, काठमाडौं सोह्रखुट्टेका ७९ वर्षिय वृद्ध, नुवाकोट ककनीका ३९ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण रुपन्देहीका २३, ३० र ४० वर्षिय पुरुष कपिलवस्तुका ३५, ३७ र ५२ वर्षिय पुरुष, गुल्मी मदानेका ३१ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । अहिले ४२ जिल्लामा संक्रमण देखिएको छ । ८७ जना उपचारपछि निको भएर घर फर्किका छन् ।

उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुको कन्ट्रयाक टे«सिङ गर्ने काम भइरहेको छ । भने उनीहरुलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको छ ।

नुवाकोटमा पहिलोपटक देखियो संक्रमण

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका कुल ७७ वटा जिल्लामध्ये ४२ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । नुवाकोटको ककनीका ३९ वर्षीय एक पुरुषमा परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

काठमाडौंमा थपिए अर्का संक्रमित

काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा जम्मा संक्रमितको संख्या १४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंको सोह्रखुट्टेका एक ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

यो पनि पढ्नुहोस्
कोरोनाको कारण विश्वभर १ सय १७ जना नेपालीको मृत्यु, कहाँ कति संक्रमित ? (सूचीसहित)
नुवाकोटका कोरोना संक्रमित बोक्न एम्बुलेन्स पाइएन
चैत ३ गते विदेशबाट आएकालाई देखियो कोराना

नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण पुष्टि 
काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?