कोरोना भाइरस : मेक्सिकोमा आज मात्रै १९७ जनाको मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको प्रकोपले यस बेला सारा विश्व त्रस्त बनेको छ ।

विश्वका २१२ देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीबाट यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ६५ हजार ८४ जनाको मृत्यु भएको छ भने १३ लाख २ हजार ९९५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै ३८ लाख २२ हजार ९५१ जनालाई संक्रमण भएको छ भने ४८ हजार २०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच पछिल्लो समय कोरोनाको टार्गेट बन्दै गएको मेक्सिकोमा आज मात्रै १९७ जनाको मृत्यु भएको छ भने आजै १ हजार ६०९ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा यो समाचार तयार पार्दासम्म २ हजारा ७०४ जनाको मृत्यु भईसकेको छ भने २७ हजार ६३४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । मेक्सिकोमा बुधवार १ हजार १२० जना नयाँ संक्रमित थपिएका थिए भने बुधवार नै २३६ जनाको मृत्यु भएको थियो ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?