काठमाडौं । गत वर्षको ३१ डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको कोरोना भाइरस अहिलेसम्म आईपुग्दा विश्वका २१२ वटा देशमा फैलिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ६५ हजार ८४ जनाको मृत्यु भईसकेको छ भने ३८ लाख २२ हजार ९५१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १३ लाख २ हजार ९९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४८ हजार २०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ७८५ जनाको मृत्यु भएको छ भने ५२ हजार ९८७ जनालाई संक्रमण भएको छ ।
भारतमा बुधवार मात्र ३ हजार ५८७ जना नयाँ संक्रमित थपिएका छन् भने बुधवार नै भारतमा थप ९२ जनाको मृत्यु भएको छ ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
कोरोना संकटको बीच चीनले उडायो रकेट
दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया