रोल्पा बम विस्फोट प्रकरण : मृतक ४ बालबालिकाको शव उठाईयो, घटनास्थलमा भेटिएको बम डिस्पोज गर्दै नेपाली सेना

काठमाडौं – गोठालो गएको बेला गहुँबारीमा भेटिएको शंकास्पद वस्तु खेलाउँदा विष्फोट भई ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर- ७ स्थित गैरीगाउँका चारैजना बालबालिकाको शव पोस्टमार्टमका लागि दाङ पठाइएको छ । उनीहरुको शव दाङको राप्ती अञ्चल अस्पतालमामा शव पोस्टमार्टमपछि परिवारलाई बुझाईनेछ ।

हिजो (बिहिबार) साँझ बम बिष्फोटमा परि गोठाला गएका सोहि ठाउँका ५ वर्षिय विजय खत्री, ११ वर्षिय विमला खत्री, १३ वर्षिय गौरब नेपाल र १४ वर्षिय लोकीराम डाँगीको मृत्यु भएको थियो । मृतक ५ वर्षिय विजय खत्री, ११ वर्षिय विमला खत्री एकै परिवारका हुन् । रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिसपी चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो। बालबालिकाको गहुँबारीमा भेटिएको ‘टु ईन्च मोर्टर’ बम विस्फोटमा परि ज्यान गएको प्रहरीको आशंका छ ।

घटनास्थलमा भेटिएको थियो अर्को बम

साँझ घटनालगत्तै जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेर शब उठाउन लाग्दा घटनास्थल नजिकै विस्फोट नभएको अर्को एक थान बम फेला परेपछि घटनास्थल सिल गरेर प्रहरीले सेनालाई खबर गरेको थियो ।

दाङबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोली राति करिब १० बजे घटनास्थल पुगेको थियो । आज (शुक्रबार)सेनाको टोलीले बम निष्क्रिय पार्दैछ । घटनास्थललाई रातभर प्रहरीले सुरक्षा दिएको थियो ।

बारीमा गोठाला गएका आफ्ना बालबालिका युद्धताकाका बम विफोस्टमा परि अनाहकमा ज्यान गुमाउनु परेको भन्दै आफन्त मर्माहत भएका छन् । परिवार र गाउँ शोकाकुल छन् । प्राप्त जानकारी अनुसार युद्धताका रोल्पाको दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो।

बेबारिसे अवस्थामा फेला परेको बम गोठाला गएका बालबालिकाले खेलाउने क्रममा विस्फोट भएको प्रहरीको अनुमान छ ।

ठूलो आवाजसहित विष्फोट भएको उक्त बम ‘टु ईन्च मोर्टर’ रहेको प्रहरीको आशंका छ । यस्तै घटनास्थलमा भेटिएको अर्को बम पनि ‘टु ईन्च मोर्टर’ नै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिसपी गुरुङले लोकपथसँग बताए ।

यसैबीच ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले रोल्पा बम विस्फोट र त्यसबाट भएको मानवीय क्षतिबारे छानबिन गर्न सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले एक शोक वक्तव्य जारी गर्दैै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन स्थानीय प्रशासनसँग समन्वय भइरहेको भन्दै  ‘यो दुःखद घटनाबाट आफ्ना परिवारका प्रिय सदस्य गुमाउनुपर्दा मर्माहन हुनुभएका शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु’, मन्त्री पुनले विज्ञप्तिमा भनेका छन्, ‘उक्त घटनास्थलमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले गम्भीर छानबिन गरिरहनुभएको जानकारी प्राप्त भएको छ ।’

यसअघि प्रकाशित समाचार पढ्नुभयो ?

Update : घटनास्थल नजिकै भेटियो अर्को बम, एकै परिवारका थिए २ मृतक

रोल्पामा बम विस्फोट अपडेट: बाख्रा चराउन गएका थिए मृतक चारै जना

रोल्पामा बम विस्फोट, ४ जनाको मृत्यु

यो समाचार छुटाउनुभएको थियो कि ?

तीन वर्षीय बालिका जसले बम विस्फोट हुँदा हाँस्न सिकिन् (भिडियोसहित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?