रोल्पामा बम विस्फोट, ४ जनाको मृत्यु

काठमाडौं । रोल्पामा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ७ स्थित गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

बम विस्फोटमा परि मृत्यु हुनेमा १३ वर्षदेखि १६ वर्षका किशोरहरु रहेको प्रहरीले जनाएको छ । वेबारिसे अवस्थामा भेटिएको बम खेलाउने क्रममा विस्फोट भएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?