रोल्पामा बम विस्फोट अपडेट : बाख्रा चराउन गएका थिए मृतक चारै जना

काठमाडौं- रोल्पामा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ स्थित गैरीगाउँ भन्ने स्थानमा रहेको गहुँबारीमा बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरिक्षक डिसपी चित्रबहादुर गुरुङले लोकपथलाई जानकारी दिए । बम विस्फोटमा परि मृत्यु हुनेमा १३ वर्षदेखि १६ वर्षका बालबालिका रहेका छन् ।

५ वर्षिय विजय खत्री, ११ वर्षिय विमला खत्री, १३ वर्षिय गौरब नेपाल र १४ वर्षिय लोकीराम डाँगीको घटनास्थलमा नै मृत्यु भएको डिसपी गुरुङले बताए । बेबारिसे अवस्थामा फेला परेको बम उनीहरुले खेलाउने क्रममा विस्फोट भएको प्रहरीको आशंका छ । विष्फोट भएको उक्त बम ‘टु ईन्च मोटर’ रहेको प्रहरीको आशंका छ ।

मृतक ४ जना बालबालिका गहुँबारीमा बाख्रा चराउन जाँदा उक्त वस्तु फेला परेर खेलाउँदा विष्फोट भएको थियो ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् : रोल्पामा बम विस्फोट, ४ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?