काठमाडौं । कोरोना भाइरसको महामारीले ग्रस्त बनेको अमेरिकाले डब्ल्युएचओ (विश्व स्वास्थ्य संगठन) विरुद्ध गम्भीर आरोप लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्युएचओले गरेका सबै फैसला चीन केन्द्रित भएको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले डब्ल्युएचहोलाई दिने फन्डिंगमा उनी धेरै कटौति गर्ने धम्की दिएका छन् ।
राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भने, म डब्ल्युएचओको वित्त पोषणमाथि कटौति गर्नेछु । तर उनले डब्ल्युएचओको कति फन्डिंग रोक्ने भन्ने बारेमा भने बताएका छैनन् ।
उनले भनेका छन्, ‘डब्ल्युएचओले कोरोनासँग लड्नको लागि हामीलाई गलत सल्लाह दिएको थियो र हामीले त्यसलाई मानेनौँ पनि । तर डब्ल्युएचओले चीनसँग आफ्नो सीमा खुल्ला राख्ने सुझाव शुरुवातमा नै नकारी दिएको थियो । तर हामीलाई भने डब्ल्युएचओले किन यति ठूलो धोका दियो ।’
कोेरोनालाई भुल्न थालिसके चिनियाँ नागरिक
ट्रम्पले आफ्नो रिस मात्र डब्ल्युएचओलाई मात्र पोखेनन्, उनले चीनलाई चीनबाटै शुरु भएको कोरोना भाइरस अहिले चीनले नै भुलिसकेको भन्दै आक्रोश पोखेका छन् ।
चीनको वुहान शहरमा पहिला कोरोनाको महामारी अत्याधिक रहेको थियो तर अहिले भने बिस्तारै चीनमा भाइरसका संक्रमितहरु कम हुँदै आएका छन् ।
ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङसँगको कुराकानी पछि कोरोनालाई चिनियाँ भाइरस भन्दै उच्चारण गर्ने गरेका छन् ।
संक्रमितको संख्या बढेपछि हैरान भएका ट्रम्प सबैसँग रिस पोख्दै
अमेरिकाले शुरुबाटै डब्ल्युएचओको प्रतिक्रियामा असन्तोष जनाउँदै आएको छ । ट्रम्प अहिले यसकारण पनि रिस पोखिरहेका छन् कि, देशमा ४ लाख भन्दा धेरै संक्रमितहरु रहेका छन् ।
विश्वमै सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामै रहेका छन् । दिन प्रतिदिन अमेरिकामा संक्रमितहरुको संख्या र मृतकको संख्या अत्याधिक बढी नै रहेको छ । अमेरिकाले थोरै पनि १०० वर्षको इतिहासमा यस्तो डरलाग्दो महामारी देखिरहेको छ ।
भारतसँग माग्यो औषधी
अमेरिका जस्तो सुपरपावर देशसँग कोरोनाका संक्रमितहरुलाई खुवाउने औषधि कम भएपछि भारतसँग औषधिको माग गरेको छ ।
विश्वको शक्तिशाली राष्ट्र अमेरिकाले भारतसँग् हाइड्रक्सीक्लोरोक्विन नामक औषधि मागेको छ । यो औषधी कोरोनासँग लड्न अत्याधिक महत्वपूर्ण साबित हुँदै आएको छ ।
कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म १२ हजार ८५७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ लाख ५४० रहेको छ ।
त्यस्तै आज मात्रै २०५ जना कोरोनाको संक्रमित पाइएको छ भने यो समाचार तयार पार्दासम्म आजै १६जनाको ज्यान गईसकेको छ । अमेरिकामा ९ हजार १६९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वभर अहिलेसम्म मृतकको संख्या ८२ हजार ९६पुगेको छ भने १४ लाख ३१ हजार ९७३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै ३ लाख २ हजार २०९ जना उपचार पछि निको भएका छन् । त्यस्तै विश्वभर ४७ हजार ८९५ जनाको अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्
नेपालमा कोरोना भाइरस अपडेट : १ सय ७२ जना नेपाली ‘रेड जोनमा’ (पूर्ण विवरणसहित)
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया