कोरोना संक्रमित नेपाली उपचाररत अस्पतालबाटै भागेपछि पक्राउ गर्यो भारतिय प्रहरीले

काठमाडौं – कोरोना भाइरस कोभिड १९ को कारण विश्व व्याकुल छ । संक्रामक प्रकृतिको यो रोग सजिलै एकबाट दोस्रो व्यक्तिमा सर्छ । त्यसमाथि यसविरुद्धको भ्याक्सिन पत्ता नलागेको कारण पनि मानिसहरु यो रोगको नाम सुन्ने बित्तिकै डराउँछन् ।
त्यसैले अवस्था भयवित नबनाउनको लागि हरेक देश र त्यहाँका सरकारले कुनै न कुनै नीति अबलम्बन गर्दै संक्रमितको छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाइरहेको छ ।
तर भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट कोरोना संक्रमित एक जना नेपाली भागेका छन् ।
उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत सुनसरी भोक्राहाका ६५ वर्षीय वृद्ध नेपाली नागरिक अस्पतालको सिसा फूटाएर भागेका थिए । यद्यपी उनको खोजीका लागि खटिएको बागपत प्रहरीको १० वटा टोलीले समन्वय गर्दै कोरोना संक्रमित ती वृद्ध एक इँटाभट्टा नजिकबाट पक्राउ परेका छन् ।

प्रहरीले ती व्यक्तिलाई उपचारका लागि पुनः अस्पताल लगेको बताइएको छ ।

तबलिगी जमाती समूह धार्मिक सभामा सहभागी भएको र त्यहीँबाट कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको अनुमान गरिन्छ । सो धार्मिक समूहमा १९ जना नेपाली तबलिगी जमाती समूह पनि सहभागी थिए । भारतबाट फर्किएका कतिपयलाई प्रदेश २ का जिल्लाहरुमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।

 

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्

नेपालमा कोरोना भाइरस अपडेट : १ सय ७२ जना नेपाली ‘रेड जोनमा’ (पूर्ण विवरणसहित)

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?