लम्ब्याईयो अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध, डोमेस्टिकलाई १५ अप्रिलसम्म

काठमाडौं – कोरोना भाइरस ‘कोभिड १९’ को महामारीबाट बच्न सावधानीस्वरुप सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ ।

यसअघि वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएकोमा कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकले आगामी २०७७ साल वैशाख १८ सम्मको लागि अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध लम्ब्याएको हो ।

यस्तै डोमेस्टिक उडान १५ अप्रिलसम्मलाई रोकिएको छ ।

यसअघि हिजो बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय वैशाख ३ गतेसम्मको लागि थपेको थियो ।

यो पनि पढ्नुहोस् 

नेपालमा कोरोना भाइरस अपडेट : १ सय ७२ जना नेपाली ‘रेड जोनमा’ (पूर्ण विवरणसहित)

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?