यो सामानमा धेरै बेर रहन सक्दैन कोरोना, हरेक पल आफूसँगै राखौँ

काठमाडौं । कोरोना भाइरसले सारा विश्वलाई प्रताडित गरिरहेको छ । महामारी भाइरसको चपेटामा यो खबर तयार पार्दासम्म १२ लाख १४ हजार ४८७ जना आएका छन् ।

साथै ६५ हजार ६०३ जनाको मृत्यु भएको छ । न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित यस रिपोर्टका अनुसार कोरोना भाइरस कुनै पनि सामानमा घण्टौँसम्म रहन सक्छ । मात्र एउटा कुरामा मात्र भाइरस केहि समयसम्म मात्र रहने वैज्ञानिकहरुको दाबी छ ।

रिपोर्टका अनुसार कोरोना भाइरस प्लाष्टिक वा स्टीलको सामानमा तीन दिनसम्म सक्रिय रहन्छ । र कागजहरुमा कोरोना भाइरस २४ घण्टासम्म सक्रिय बनिराख्छ ।

रिपोर्टले दाबी गरेको छ कि, कोरोना भाइरस तामाको सामानमा सबैभन्दा कम समय सक्रिय रहन्छ । तामाबाट बनेको सामानहरुमा भाइरस निष्क्रिय हुन जम्मा ३ देखि ४ घण्टा लाग्ने शोधको दाबी छ ।

 

४६ मिनेटसम्ममा तामाको भाँडोमा कोरोना भाइरसको असर आधा कम भईसक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् ।

यस्तो अवस्थामा तामाबाट बनेका सामानहरुको प्रयोग गर्नु एकदमै फाइदाजनक हुने वैज्ञानिकहरुले बताएका छन् ।

१. कोरोना भाइरसको बेला लकडाउनको समयमा तामाको भाँडाहरुको प्रयोग गर्नु एकदमै सहि साबित हुन्छ । यदि यी सामानहरुमा पनि कोरोनाको कनेक्सन देखिहाले पनि छिटै तामाको भाँडाबाट निष्क्रिय भएर जान्छ ।

२. घर वा ट्वाईलेटको ढोकामा लगाईएको ह्याण्डिल यस बेला सबैभन्दा खतरनाक हुन सक्छ । ट्वाईलेट र मेन गेटमा ह्यान्डिलको प्रयोग सावधानी तरिकाले गर्दा नै राम्रो हुने वैज्ञानिकहरुले बताएका छन् ।

३. वर्क फ्रम होममा पनि तपाई अफिसको जसरी नै आफ्नो आसपास पानीको बोतल राख्नुहुन्छ होला, तर त्यो बोतल प्लाष्टिक तथा स्टीलको भन्दा तामाको भाँडो राख्नु एकदमै राम्रो हुने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ? 

चीनका वैज्ञानिकले फेरी गरे सनसनीपूर्ण खुलासा !

कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो? 

संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई फेरी दिए चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?