संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई फेरी दिए चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना संक्रमणलाई लिएर फेरी संसारलाई अर्काे चेतावनी दिएका छन् ।

उनले कोरोना महामारीको अत्याधिक असर अझै केहि देशहरुमा आउन बाँकी रहेको भन्दै उनले विश्वलाई सतर्क रहन चेतावनी दिएका हुन् ।

उनले विशेष गरि गृह युद्ध र लडाई चलिरहेको देशहरुलाई ईसारा गर्दै त्यस्ता देशहरुमा कोरोनाको खतरा आउन बाँकी रहेको र कोरोनासँग लड्नको लागि सतर्क र सजग हुन पर्ने बताएका छन् ।

उनले, गृहयुद्ध चलिरहेको लीबीया, यमन, कोलम्बिया, सिरियालाई ईशारा गर्दै उनले उक्त देशहरुमा कोरोनाको महामारी अत्याधिक फैलन सक्ने बताएका हुन् । सागै गुटेरेसले वैश्विक संघर्ष विरामको अपील समेत गरेका छन् ।

युद्धग्रस्त देशहरुमा बढीरहेको छ संक्रमण

एन्टोनियो गुटेरेस भने, केहि देशहरुमा अझै पनि गृह युद्धबाट ग्रस्त रहेका छन् । यस्तो अवस्थामा उक्त देशहरुमा भाइरससँग लड्नको लागि धेरै तयारी भएको हुँदैन ।

अधिकारीहरु युद्धग्रस्त क्षेत्रमा जान पाईरहेका छैनन् र युद्धबाट प्रभावित देशमा कोरोनाको महामारी बढी रहेको छ । उनले, सिरिया, लिबिया र यमनलाई ईसारा गर्दै भने, अझै नराम्रो दिन आउन बाँकी नै रहेको छ ।

गुटेरेसले भने,’ यि देशहरुले युद्ध छोडेर कोरोना भाइरसको महामारीविरुद्धको लडाईमा लाग्नु पर्दछ ।’

कोरोनाले सीमालाई सहजै नाघेर अर्काे देशमा महामारी फैलाउने सक्छ

गुटेरेसले भने, यस भाइरसले अहिलेसम्म सहजै एक देशको सीमा तोडेर अर्काे देशलाई महामारीको प्रकोपबाट ग्रस्त बनाइसकेको छ ।

कुनै पनि देशको सीमालाई नाघेर कुनै पनि देशको सिमा तोड्दै अर्काे देशलाई आफ्नो शिकार बनउन भाइरसलाई कति समय नलाग्ने भन्दै उनले भने, क्यामरुन, सेन्ट्रल अफ्रिकाका लोकतान्त्रिक देश, कोलम्बिया, लीबीया, म्यान्मार, फिलिपिन्स, दक्षिण सुडान, सिरिया, यमनले आफ्नो कुराको समर्थन गर्दै सतर्क र सजग रहने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?