१० खेलाडी : जो खेल मैदानमा खेल्दाखेल्दै संसारबाट बिदा भए (फोटोसहित विवरण)

काठमाडौं । फुटबल खेलमा सधैं जित, उपाधि, मेडल, कप, रमाइलो, उत्साह मात्र हुँदैन । कहिलेकाहीँ खेल्दाखेल्दै घाउचोट लाग्ने, दुर्घटना हुने, स्वास्थ्य समस्याका कारण लामो समय मैदानबाहिर रहनुपर्ने जस्ता अड्चनहरु पनि धेरै आउँछन् खेलाडीको जीवनमा । कतिपय खेलाडीहरुले त खेल्दा खेल्दै मैदानमै ज्यान समेत गुमाएका छन् ।

जसले कुनै काममा आफ्नो सम्पूर्ण जीवन सम्पर्ण गरेको हुन्छ, जसले त्यो काम गर्दा आफूलाई पूर्ण रुपमा जीवित भएको महशुस गर्छ, उसले त्यही काम गर्दा आफ्नो ज्यान गुमाउनुपयो भने अझ, उमेर नै नपुगी, सफलताको फल मज्जाले चाख्नै नपाइ उसको मृत्यु भयो भने नि
यस्तो नियति धेरै खेलाडीहरुले भोग्नुपरेको छ । आज हामी तिनै फुटबल खेलाडीहरुको कुरा गर्नेछौं जसले मैदानमै आफ्नो ज्यान गुमाएका छन् ।

गत फाल्गुन २७ गते यस्तै नाइजेरियामा एउटा यस्तै घटना घटेको थियो । नाइजेरियाका फुटबलर चिनिमी मार्टिन्सको मैदानमा फुटबल खेल्दा खेल्दै मृत्यु भएको थियो । नासारावा युनाइटेडका २२ वर्षे खेलाडी मार्टिन्स काट्सीना युनाइटेडविरुद्धको खेलको दोस्रो हाफमा मैदानमा लडेका थिए । मैदानमा अचेत बनेका उनको मृत्यु भयो ।

यो पनि पढ्नुहोस् : फुटबलर चिनिमीको मैदानमा फुटबल खेल्दा खेल्दै मृत्यु !

चिनिमीमात्र हैन फुटबल खेल्ने क्रममा धेरै खेलाडीहरु आफ्ना ज्यान गुमाएका छन् ।

एन्टोनियो पुर्टा

सेभिलाका खेलाडी एन्टोनियो सेभिला र गेटाफ बीचको लिग तीन दिन खेलेपछि तेस्रो दिन मैदानमा बेहास भएका थिए । अचेत अवश्थामा मैदानमा ढलेपछि उनको होस आएपछि उनलाई च्याजिन्ङ रुममा लगिएको थियो र त्यही उनको मृत्यु भयो । उनको मृत्यु २८ अगस्ट २००७ मा भएको थियो ।

मिक्लोस फेहर

२४ वर्षीय मिक्लोस बेनिफिकाका लागि भिट्टोरिया डि गुइमारासको बिरूद्ध मैदानमा खेलिरहेको बेला उनको मृत्यु भएको थियो । खेल दौरान उनी मैदानमा बज्जारीए र केहि समयपछि आफ्नो प्राण त्यागे । उनको मृत्यु २५ जनावरी २००५मा भएको थियो ।

मार्क-भिभिएन फोई

फोई फ्रान्समा भएको कोलम्बिया बिरूद्ध क्यामरूनको खेलेमा क्यामरूनको प्रतिनिधित्व गर्दै खेल्दै थिए तर उनी अचानक भुईमा लडेर उनको मृत्यु भयो । हृदयघातका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको थियो । उनको मृत्यु २६ जुन २००३ मा भएको थियो ।

पियरमारियो मोरोसिनी

उनको मृत्यु १४ अप्रिल २०१२ मा भएको थियो । लिभोनो र पेस्काराबीचको खेलको मध्य तिर हृदयघातको सिकार भएका थिए । तत्काल उनलाई अस्पताल लगिएको थियो । तर उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

जोस एन्टोनियो गालार्डो

गालार्डो एक गोल किप्पर थिए । सेल्टा भिगो र मलागाको बीचमा रहेको बल खोस्दा उनको टाउको भुईमा ठोक्किएको थियो । त्यसपछि उनी कोमामा गएका थिए । र केहि हप्ता पछि सन् ८ जनावरी १९८८मा उनको मृत्यु भयो ।

मार्सिओ डोस सान्तोस

डेपोर्टिभो वान्का र एलिआन्जालिमा बीच खेल चलिरहेको थियो । मार्सिओ डोस सान्तोसले निर्णयक गोल गरेर टिमलाई जिताए । तर खेल सकिएको केहि बेरमै उनको हृदयघातको कारण ज्यान गयो ।

एलिन प्यामिक

मारुजनीमा एनके इस्ट्रासँगको मैत्रीपूर्ण खेल खेल्दा पमिकको हृदयघातका कारण मृत्यु भयो । २२ जुन, २०१३ मा उनको मृत्यु भएको थियो । उनी पहिल्यै देखी नै मुटु रोगी थिए । धेरै पल्ट उनी मुटुमा समस्या भएर मैदानमै पल्टेका थिए तर २२ जुनमा त्यसै गरी मैदानमा पल्टेर उनको मृत्यु भयो ।

पीटर बाईक्सांगजुआला

भारतको बेथलेहेम भेन्ट्थला क्लबका २३ वर्षीय मिडफिल्डर पीटरको मृत्यु १९अक्टुबर २०१४ मा भएको थियो । उनले एक गोल गरेपछि सेलेब्रेसन गर्ने क्रममा ब्याकफ्लिप गर्दा उनको मेरुदण्डमा भाचिएपछि उनको मृत्यु भएको थियो । त्यो सेलेब्रेसन नै उनको जीवनको उन्तिम सेलेब्रेसन भयो ।

क्रिस्टियन गोमेज

२७ वर्षीय फुटबलर क्रिस्टियन गोमेज एक खेलको बीचमा बेहोस भए र उनको मृत्यु भयो । उनी एटलेटिको पराना क्लबबाट बोका युनिडोस बिरूद्ध, २४ मे २०१५खेल खेल्दै गर्दा उक्त घटना घटेको थियो ।

लेखकबाट अरु :  फ्यानहरुको ‘भीडन्त’ बीच छायाँमा परेको रोनाल्डो र मेस्सीको सम्बन्ध

फुटबलका क्रेजी फ्यानका हाँसउठ्दो हर्कत ट्याटु खोप्ने, जग्गा बेच्नेदेखि परीक्षा छोड्नेसम्म
 

 रोचक इतिहास बोकेको फुटबल : यसकारण सबैभन्दा लोकप्रिय, नेपाल आउनै लाग्यो १४ वर्ष

  के हो एल क्लासिको : यस्तो छ इतिहास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?