के हो एल क्लासिको ? यस्तो छ इतिहास

अन्तर्राष्ट्रिय क्लब फुटबलमा दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तलाई एल क्लासिको भनिन्छ । स्पेनका यी दुई विश्व महारथी क्लबले हुने भिडन्तले विश्वभर तहल्का मच्चाउने गर्दछ ।

यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो । यी दुई क्लबहरु ला लिगा, कोपा डेल रे,स्पेनिस सुपर कप, यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरुमा भिड्ने गर्दछन् ।

यो भिडन्त इतिहाँसका कारणले पनि प्रख्यात छ । ऐतिहाँसिक दृष्टिबाट हेर्दा, बार्सिलोना र म्याड्रिड स्पेनका दुई ठूला शहरहरू हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ । सामान्यतया बार्सिलोना समर्थक क्याटालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन् ।

यी दुवै क्लबहरू संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन् । पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकहरूलाई असम्मान र अत्याचार गरिन्थ्यो । तसर्थ नागरिकहरूले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु हो ।

आइतबार राति स्पेनिस ला लिगा खेलमा रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । ला लिगामा यो सिजन बार्सिलोना विजेता बन्ने निश्चित भईसकेको छ र अपराजित पनि छ । यो सिजन कोपा डेल रे पनि जितेको छ।

ला लिगामा यो सिजन अपेक्षित प्रदर्शन गर्न नसकेको रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगमा गत साता मात्र फाइनल पुगेको छ। रियल लगातार तेस्रो सिजन युरोपियन च्याम्पियन बन्ने आशामा छ ।

हालसम्म रियल म्याड्रिड र बार्सिलोना दुई सय ७० पटक भिडेका छन् । यसमा ३३ मैत्रिपुर्ण खेल पनि समावेश छन् । प्रतिस्पर्धात्मक भिडन्त (मैत्रिपुर्ण खेल)मा बार्सिलोना ९२ र रियल म्याड्रिड ९५ खेलमा विजयी भएको छ।

ला लिगामा १७५ पटक, कोपा डेल रेमा ३३ पटक, कोपा डे ला लिगामा ६ पटक, स्पेनिस सुपर कपमा १४ पटक र युरोपियन च्याम्पियन्स लिगमा ८ पटक भिडेका छन् ।

ला लिगामा बार्साले ७० र रियल म्याड्रिडले ७२ खेल जितेको छ भने ३३ खेल बराबरी भएका छन् । यीमध्ये घरेलु लिगमा भएका ४९ खेलमा बार्सा र ५२ खेलमा रियल म्याड्रिड विजयी भएका छन्। यसैगरी अवे खेलमा बार्सिलोना २१ र म्याड्रिड २० खेलमा विजयी भएका छन्।

एल क्लासिकोको सबैभन्दा फराकिलो नतिजाका रुपमा कोपा डेल रेमा रियल म्याड्रिडले बार्सिलोनालाई ११-१ गोलले हराएको थियो सन् १९४३ मा।

ला लिगामा रियलले सन् २०१६ यता बार्सिलोनालाई हराउन सकेको छैन् । यसबीचमा रियलले दुई हार र एक बराबरीको नतिजा ब्यहोरेको छ। गत डिसेम्बरमा भएको ला लिगाको एल क्लासिको भिडन्तमा बार्सिलोना ३-० गोलले विजयी हुँदा लुइस स्वारेज, लियोनल मेसी र एलेक्स भिदालले एक एक गोल गरेका थिए ।

चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो एल क्लासिको भिडन्त बुधबार राति हुँदैछ । स्पेनिस ला लिगा फुटबलमा यी दुई टीमबीच एल क्लासिको हुन लागेको हो ।

यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो । बार्सिलोनाको घरेलु मैदानमा हुन लागेको यो खेललाई मध्यनजर गरी बार्सिलोनाको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले दर्शकले दुई प्रतिस्पर्धी टोलीबीच राम्रो फुटबल हेर्न चाहेको बताएका छन् । जिदानले रियलको ध्यान मैदानमा केन्द्रित रहने पनि बताए ।

यता बार्सिलोना पनि घरेलु मैदान र सर्मथकको साथमा सुखद नतिजा निकाल्ने दाउमा छ । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले पनि बार्साको सम्पूर्ण ध्यान राम्रो फुटबल खेल्नमा केन्द्रित हुने बताए ।

ला लिगामा दुबै टोलीले १६ खेलबाट समान ३५ अंक बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?