फुटबलका क्रेजी फ्यानका हाँसउठ्दो हर्कत ट्याटु खोप्ने, जग्गा बेच्नेदेखि परीक्षा छोड्नेसम्म

संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो फुटबल । गाउँघरदेखि, शहरबजार र संसारका ठूलारंगशालामा खेलिन्छ फुटबल । फुटबलको शुरुवात १९ औं शताब्दीमा ब्रिटेनका विद्यालयहरुबाट भएको हो । हाल विश्वमा सबैभन्दा बढी दर्शक भएको खेल फुटबल बनेको छ ।

फुटबलप्रतिको विश्वव्यापी मोह कति छ भन्ने कुरा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को सदस्य राष्ट्र संख्या १९३ पुगेबाट नै स्पष्ट हुन्छ । जुन संख्या संयुक्त राष्ट्र संघको सदस्य संख्या भन्दा बढी रहेको छ । महिला र पुरुष गरी विश्वका कूल २५ करोड खेलाडीले फुटबल खेल्ने गर्दछ ।

यति धेरै लोकप्रियता कमाएको फुटबलका क्रेजी फ्यानहरु पनि उत्तिकै छन । फुटबल भनेपछि मरिहत्ते गर्ने क्रेजी फ्यानहरु संसारमा धेरै छन् ।

घरका भित्ता देखी मोबाइलको वालपेपर र ग्यालरीहरुमा खेलाडिहरुको फोटा, त्यतिमात्र कहाँ हो र ज्यानका विभिन्न ठाँउका मनपर्ने खेलाडि, मनपर्ने क्लबको ट्याटु बनाउछन् फ्यानहरु ।

यतिसम्मकी आफ्नो विस्तारामा पनि मन पर्ने क्लबको फोटो भएको विस्तारामा राख्ने गर्छन फ्यानहरु । फुटबल स्टेडियममा आफ्नो फेवरेट खेलाडिलाई देखेपछि अङ्गालो मार्न गेम हुँदा हुँदै ग्राउन्डमा जाने उनीहरुलाई छेक्ने जस्ता हर्कत त हामीले देखेकै हौँ । अझ विश्वकपका बेलामा फ्यानहरुको यो क्रेज ह्वात्तै बढ्छ । कतिले फुटबलरको जर्सीजस्तै रंगले आफ्नो घर पोतेका सम्म देखिएकै हो ।

क्रेजी फ्यानहरुका क्रेजी हर्कत

टर्कीमा एक फुटबल फ्यानले रंगशालामा गएर खेल हेर्न नपाएपछि क्रेन भाडामा लिए । र, क्रेनमाथि चढेर रंगशालाभित्र भएको प्रतिस्पर्धा हेरे ।उनी डेनिजिस्पोर फुटबल क्लवका डाइहार्ट फ्यान थिए । गाजियान्टेप्स्पोरविरुद्धको खेल उनलाई नहेरी भएको थिएन । त्यसैले उनले एउटा क्रेन भाडामा लिएर, त्यसलाई रंगशालाको पछाडि राखे, अनि त्यसमा चढेर बेरोकटोक खेलको मजा लिए ।

उनको टिमले सो खेल ५-० ले जित्यो ।

खेलका क्रममा उनले क्रेनबाटै आफ्नो टिमको समर्थनमा हुटिङ गरेका थिए । यो देखेर रंगशालाका दर्शकहरुले पनि चिच्याएर उनलाई साथ दिए । उनले टिमको झण्डा पनि बोकेका थिए, जसलाई निरन्तर रंगशालामाथि फहराइरहे ।

विश्वकप हेर्न आइएस्सीको वार्षिक परीक्षा नै छोड्ने डा. सुनिल पौडेल: 

डा. सुनिल पौडेलले आफ्नो परीक्षा र विश्वकपमा आफ्नो टिमको खेल एकै दिन परेकाले परीक्षा नै छोडेर विश्वकप हेर्न गएका थिए ।

जर्मनीका ‘क्रेजी फ्यान’:  जग्गा बेचेरै बनाए साढे पाँच किलोमिटर लामो जर्मनीको झण्डा
जर्मनीका फ्यान अम्जाद हुसेन नाम गरेका ६९ वर्षीय फयानले जग्गा बेचेरै बनाए साढे पाँच किलोमिटर लामो जर्मनीको झण्डा बनाएर सबैलाई आश्चर्यमा पारेका हुन् । सन् २००६ को विश्वकप पछि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै आएका थिए । उनले बनाएको झण्डाको लम्बाई २ किलोमिटर लामो रहेको थियो ।

क्रेजी फ्यानहरुको केहि तस्वीरहरु : 

यसअघि लोकपथमा प्रकाशित यी समाचार पढ्नुभएको थियो ? 

सन्यासपछि रोनाल्डो अंग्रेजी सुधार्ने मुडमा, फिल्म बनाउनेदेखि अरु के छन् चाहना ?

रोचक इतिहास बोकेको फुटबल : यसकारण सबैभन्दा लोकप्रिय, नेपाल आउनै लाग्यो १४ वर्ष

सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?