संसारकै पहिलो ‘ट्याटु’ वाला मोटरसाइकल, मूल्य सुन्दै उड्छ होश

काठमाडौं । कस्टम मोटरसाइकल बनाउनेवाला कम्पनी गेम ओभरले संसारकै पहिलो ‘ट्याटुड’ मोटरसाइकल बनाएको छ । यो बाइक हार्ले डेविडसन हेरिटेज मोटरसाइकलमा बेस्ड छ ।

यो बाइकको लगभग सबै पार्ट लेदरबाट बनाइएको छ । त्यसै लेदरमा हातले ट्याटू बनाइएको हो । बाइकको मूल्य एक मिलियन डलर अर्थात् नेपाली ११ करोड ८४ लाख रुपैयाँ पर्दछ ।

युनिक स्टाइलको कारण यो बाइकले सारा विश्वमा बिभिन्न अवार्ड पाईसकेको छ । कम्पनीले यो बनाउन ३ हजार घण्टाको समय लागेको र ट्याटू बनाउन अन्य २५ सय घण्टा लागेको बताएको छ ।

११.८४ करोड रुपैयाँको यो बाइक आफ्नो युनिक ट्याटू र कस्टम एलीमेन्ट्सको कारण काफी पपुलर भईरहेको छ । यसको पार्टसलाई पनि बिभिन्न किसिमले मोडिफाई गरिएको छ ।

जस्तै यसको इग्निशन प्लगलाई रियल ट्याटू गन जस्तो बनाईएको छ भने एग्जस्ट पाइप अर्थात साइलेन्सरलाई ट्याटू मेसिनको जस्तो डिजाइन दिइएको छ ।

फ्रन्ट क्यालीपर्सलाई ह्यान्डकफ्स, क्लच र ब्रेक लीवरलाई बटरफ्लाई नाइफ, गियरशिफ्ट लीभरलाई क्रोबार जस्तो लुक दिइएको छ ।

ब्रेक लाइट्स नकल अर्थात पञ्च जस्तो देखिन्छ भने किक स्टार्ट बम्ब डिटोनेटर लीभर जस्तो लाग्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?