काठमाडौं । भारतका विदेश सचिव बिक्रम मिस्री नेपाल आउने तयारी भइरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री एस। पावल कपुर तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमबा र औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा सरकार बनेपछि उनको यो नेपाल भ्रमण पहिलो उच्चस्तरीय कूटनीतिक भ्रमण हो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा कपुरले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट्ने समय भने अझै तय भएको छैन । कपुर वैशाख ९ गते स्वदेश फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया