विश्व चर्चित ९ जनामा कोरोना संक्रमण : प्रधानमन्त्री पत्नीदेखि खेलाडीसम्म यसरी भए संक्रमित (विवरणसहित)

कोरोना भाइरस(कोभिड १९)का कारण अहिलेसम्म विश्वभरिबाट ५ हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५६ हजार ८ सय ८४ जनामा यसको संक्रमण भेटिएको छ । दुई महिनाअघि चीनको वुहान शहरबाट फैलिएको यो महामारी अहिले १ सय ५२ वटा राष्ट्रहरुमा देखापरिसकेको छ ।

चीनमा संक्रमण दर कम हुँदै गएतापनि अन्य देशमा भने कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या झन् बढ्दै गएको छ । इटाली तथा इरानमा यसको संक्रमण अत्यन्तै बढी भइरहेको अवस्था छ । कोरोना भाइरसका कारण इरानमा ६ सय ११ जनाको मृत्यु भइसकेको छ भने इटालीमा १ हजार ४ सय ४१ ज्नाले ज्यान गुमाइसकेका छन् ।

विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसबाट विभिन्न देशका मन्त्री, प्रधानमन्त्री पत्नी देखि खेलाडी, कलाकार लगायत व्यक्तिहरु पनि संक्रमित भएका छन् । जस्तै :

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिज

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिज कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । कोरोनाको पुष्ट भइसकेपछि उनी आफ्नै घरमा क्वारेन्टाइनमा बसेको बिबिसीले जनाएको छ ।

उच्च पदस्थ व्यक्तिमा समेत संक्रमण देखिएपछि संक्रमित सङ्ख्या बढ्ने भएकाले बेलायतले कोरोनाको परीक्षण गर्ने सङ्ख्या पनि बढाएको छ । डोरिजको संक्रमण अघि दिनको १५ सय जनाको मात्रै परीक्षण हुने क्षमता थियो भने अहिले बेलायतमा दिनमा १० हजार जनाको परीक्षण गर्न सम्भव छ ।

कोरोनाका कारण बेलायतमा २१ जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार १ सय ४० जना संक्रमित छन् ।

अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोन

अष्ट्रेलियाका गृहमन्त्री पिटर डुटोन कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।

बिहान उठ्दा ज्वरो आएको र घाँटी दुखेको अनुभव गरेपछि उनले क्वीन्सल्याण्डको अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । कोरोना भाइरस संक्रमणको परीक्षणमा ‘पोजेटिभ’ रिपोर्ट आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनले विज्ञप्ति जारी गर्दै आफ्नो अवस्था अहिले ठीक रहेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका लागि गृहमन्त्री राजधानी सिड्नी गएका थिए । त्यतिबेला उनले प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग बैठक गरेका थिए ।

अस्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने २ सय ६२ जना यसबाट संक्रमित छन् ।

इरानकी उपराष्ट्रपति संक्रमित, सांसदको मृत्यु

इरानकी उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपराष्ट्रपति एब्टेकर वरीयतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुन् ।

राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

अहिले उनलाई घरमै क्वारेन्टाइनमा राखिएको छ ।

चीन र इटालीपछि कोरोना भाइरसको सर्वाधिक असर देखिएको राष्ट्र इरानमा यही कारण एक जना सांसदको मृत्युसमेत भइसकेको छ ।
५५ वर्षीय इरानी सांसद फतेमेह रहबरको कोरोनाका कारण मृत्यु भएको हो ।

इरानमा कोरोना भाइरसको महामारीका कारण विश्वविद्यालय र स्कुल बन्द गरिएका छन् ।

अहिलेसम्म त्यहाँ कोरोनाका कारण ६ सय ११ जनाको मृत्यु भइसकेको छ भने १२ हजार ७ सय २९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

क्यानडाका प्रधानमन्त्रीकी श्रीमती ग्रेगोइर संक्रमित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफि ग्रेगोइरलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

जस्टिन ट्रुडोले श्रीमतीमा फ्लु जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए ।

क्यानडा सरकारले दिएको जानकारी अनुसार गे्रगोइर ट्रुडोलाई ब्रिटेनमा भएको एक कार्यक्रमबाट फर्किएपछि रुघा खोकी र ज्वरोको लक्षण देखिएको थियो । पछि कोरोनाको परीक्षण गर्दा पुष्टि भएको क्यानाडियन सरकारले जनाएको छ ।

क्यानडामा अहिलेसम्म कोरोनाका कारण २ सय ५२ जना संक्रमित छन् भने १ जनाको मृत्यु भइसकेको छ ।

स्पेनका प्रधानमन्त्रीकी श्रीमती बेगोना गोमेज

स्पेनका प्रधानमन्त्री पेन्द्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्रीे कार्यालयले यसको जानकारी दिएको हो ।

प्रधानमन्त्री पत्नीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

यसैगरी सरकारले आफ्ना नागरिकहरुलाई खाना, औषधि, काममा जान वा अस्पताल र आपतकालीन कामको अवस्थामा बाहेक बाहिर ननिस्किन भनेको छ ।

कोरोनाका कारण स्पेनमा अहिलेसम्म १ सय ९६ जनाको मृत्यु भएको छ । ६ हजार ३ सय ९१ जनामा संक्रमण भएको पुष्टि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्पेनकी मन्त्री आइरेने मोन्तेरो

स्पेनकी समानता मन्त्री आइरेने मोन्तेरो कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । उनमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पतीसँगै क्वारेन्टाइनमा राखिएको छ ।

हाल उनको अवस्था सामान्य रहेको बताइएको छ ।

हलिउड स्टार जोडी : टम ह्यांक्स र रीता विल्सन

हलिउडका चर्चित अभिनेता टम ह्यांक्स पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्यांक्ससहित उनकी श्रीमती अभिनेत्री रीता विल्सनमा पनि कोरोनाको संक्रमण देखापरेको छ ।

आफ्नो ट्वीटर अकाउन्टमा अभिनेता टम ह्यांक्सले आफू तथा श्रीमतीलाई कोरोना भाइरस पोजेटिभ पाइएको बताएका थिए ।

आगामी चलचित्रको लागि काम गर्न अस्ट्रेलिया पुगेका टम र रीता दुवैजनालाई काम सकिएपछि हल्का ज्वरो देखिएको थियो । पछि स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस ‘पोजेटिभ’ भएको देखियो । अहिले उनीहरु आफ्नै घरमा ‘क्वारेन्टाइन’मा बसेका छन् । कोरोना भाइरसबाट संक्रमित हुने पहिलो हलिउड जोडी हुन् उनीहरु ।

टम ह्यांक्सले दुईपटक उत्कृष्ट अभिनेताका रुपमा अस्कर अवार्ड पनि जितेका हुन् ।

आर्सनलका मुख्य प्रशिक्षक मिकेल

आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो ।

मुख्य प्रशिक्षकलाई नै कोरोना संक्रमण देखिएपछि आर्सनलले त्यसको अघिल्लो शनिबार ब्राईटोनविरुद्धको खेल नै स्थगित गरिएको छ ।
आर्सनलले पछिल्लो समय क्लबका अन्य सदस्यलाई पनि कडा निगरानीमा राखेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण खेलकुद जगतमा पनि धेरै असर गरेको छ ।

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ ९यसको म्युटेसन हुन्छ० र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु९याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण ?

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ :

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने, अंकमाल गर्ने, छुने आदि)

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

लक्षणः

ज्वरो आउने

रुघा लाग्ने

सुख्खा खोकी लाग्ने

सास फेर्न गाह्रो हुने

घाँटी, टाउको तथा जिउ दुख्ने

झट्ट हेर्दा सामान्य रुघाखोकी लागेजस्तो मात्र हुने भएकाले यस रोगको पहिचान गर्न कठिन हुन्छ र संक्रमित व्यक्तिले पनि यसलाई हल्का रुपमा लिन्छन् ।

कसरी बच्ने ?

नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएको भएपनि चीनको जस्तो जोखिमपूर्ण अवस्था नभएको चिकित्सकहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– मास्कको प्रयोग गर्ने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– नियमित साबुन पानीले हात धुने/हातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने

हातको सरसफाइ कसरी गर्ने त ?

घरमै हुँदा पनि अरुले प्रयोग गरेको सामानहरु छोएपछि, खाना खानुअघि र पछि राम्ररी साबुन पानी वा ह्याण्ड वासले हात धुने ।

सार्वजनिक स्थलमा कम जाने । भीडभाडमा कम उपस्थित हुने । सकेसम्म धेरैजनाको भेला, सभा समारोहमा नजाने । यदि गइयो भनेपनि ह्याण्ड स्यानिटाइजर आफैसँग बोक्ने वा ७० प्रतिशत इथाइल अल्कोहल भएको एन्टिसेप्टिकले हात सफा गरिरहने ।

त्यस्ता ठाउँबाट फर्किएपछि राम्ररी हातखुट्टा, मुख धोएर, कपडा फेरेर मात्रै खानेकुरा खाने वा हातलाई मुख, आँखा, नाकतिर लग्ने । किनभने कहिलेकाहीँ भाइरस हाम्रो कपडामै पनि अड्किएर रहेको हुनसक्छ । यस्तो अवस्थामा कपडाबाट हाम्रो हातमा र हातबाट नाक, आँखा, मुख हुँदै भित्र जाने सम्भावना हुन्छ । तर, छालाबाट पनि कोरोना भाइरस छिर्छ भन्ने भनाइ चाहिँ अफवाह नै हो ।

मास्कको प्रयोगका बारेमा चाहिँ के भन्नुहुन्छ रु हाम्रो बजारमा पाइने मास्क कतिको प्रभावकारी छन् ?

मास्क अनिवार्य हो । फेरि मास्क पनि सामान्य कपडाको मास्क वा बजारतिर बेच्न राखिने साधारण मास्कले भाइरसलाई छेक्दैन । यसले धुवाँधुलोबाट मात्र बचाउने हो । जति बाक्लो मास्क भयो उत्तिकै प्रभावकारी भन्ने गलत अवधारणा छ मानिसहरुमा ।

भाइरसबाट बच्न दुई प्रकारका मास्कको प्रयोग गर्न सकिन्छ । एउटा सर्जिकल मास्क र अर्को, एन९५ रेस्पिरेटर ।

सर्वसाधारणले प्रयोग गर्ने मास्क भनेको सर्जिकल वा मेडिकल मास्क नै हो । यसमा ३ वटा पत्र हुन्छ । बाहिरी पत्र ‘वाटर प्रुफ’ हुन्छ । जसले बाहिरबाट आउने संक्रमित थुक, -याल, सिँगान आदिका छिटाहरुलाई रोक्छ । त्यस्तै, भित्री पत्रसँग सोस्ने क्षमता हुन्छ जसले हाम्रै नाक, मुखबाट निस्किएका तरल पदार्थहरु सोस्छ । र, अन्तिममा बीचको भाग चाहिँ ‘फिल्टर’ हो । यसले हावालाई फिल्टर गरेर मात्रै भित्ररबाहिर पठाउने काम गर्छ ।

एन९५ रेस्पिरेटर चाहिँ प्राय चिकित्सकहरुले प्रयोग गर्छन् ।

मास्कका बारेमा थप जानकारी

सर्जिकल मास्क

सर्जिकल मास्क डिस्पोजेबल हुन्छ । एकपटक प्रयोग गरिसकेपछि फेरिफेरि प्रयोग गरिरहन मिल्दैन । ३ देखि ८ घण्टासम्म यसलाई प्रयोग गर्न मिल्ने बताउँछन् चिकित्सक ।

यस्ता मास्कले (याल, थुक वा सिँगानजस्ता शरीरबाट निश्कासन हुने तरल पदार्थबाट सर्ने रोगबाट बचाउनसक्छ । तर, कोरोना भाइरसजस्तो हावाको माध्यमबाट पनि सर्ने रोगबाट बच्न खासै प्रभावकारी हुँदैन ।

यसले :

हावामा भएका ठूला कणहरुबाट बचाउँछ ।

ससाना कणहरुबाट बचाउन सक्दैन ।

यो फिटिङ हुँदैन जसकारण चुहावटको बढी सम्भावना हुन्छ ।

एन ९५ रेस्पिरेटर

यस्तो मास्कले साना कणहरुलाई नाक वा मुखभित्र पस्नबाट प्रभावकारी ढङ्गले रोक्छ ।

हावामा भएका ९५ प्रतिशत अनावश्यक कणहरुलाई छेक्छ ।

यो एकदमै फिटिङ हुन्छ जसकारण चुहावट कम हुन्छ ।

यसअघि लोकपथमा प्रकाशित यी समाचार पढ्नुभएको थियो ?

ग्यासको अभावले उपभोक्ता मारमा, लुकाएको थाहा पाए ११३७ मा फोन गर्नुस् !

भारतले औषधिको निर्यात रोकेपनि सरोकारवाला भन्छन् – डराउनुपर्दैन, नेपालसँग कति छ स्टक औषधि ?

कोरोनाको भय : नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)

कोरोना भाइरस अपडेट : मुकाविला गर्न नेपाल तयार छ ? (हालसम्मको विवरणसहित)

सडक बालिकाहरु यौन धन्दाको दलदलमा, उद्धारकर्तालाई भन्छन्, मरिदिन्छु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?