जहाँ गाईलाई डरलाग्दो जनावर मान्ने गरिन्छ !

काठमाडौं । हिन्दु धर्ममा गाईलाई लक्ष्मी माता मान्ने गरिन्छ । जिव वैज्ञानिकहरु पनि गाईलाई इमान्दार जनावर रुपमा लिएका छन् । तर बेलायतको लण्डन यस्तो एउटा यस्तो ठाउँ हो, जहाँ गाईलाई डरलाग्दो जनावर मानिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार बेलायतमा एक टन भन्दा बढि वजन भएका जनावरहरुले मानिसहरुलाई कुल्चेर वा ठक्कर दिएर ज्यानै लिने गर्दछन् ।

पछिल्लो १५ वर्षमा त्यहाँ गाईले ७४ जनाको ज्यान लिइसकेको छ । त्यति धेरै मानिसको ज्यान लिएकै कारण त्यहाँ गाईलाई खतरनाक जनावरको सूचिमा राखिएको हो।

लण्डनस्थित हेल्थ एण्ड सेफ्टी एक्जिक्यूटिभले जारी गरेको तथ्यांक अनुसार कुकुर भन्दा पनि गाई निकै खतरनाक तथा प्राणघातक देखिएको छ । उक्त निकायले किसानहरुका लागि सुझाव जारी गर्दै आफ्नो घरका गाई तथा पशुहरुलाई सडकमा नछाड्न आग्रह गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?