अस्ट्रेलियामा दुई दशकयताकै ठूलो वर्षा, निभ्यो डढेलो

लोकपथ संवाददाता
0
Shares
Heavy rainfall flooded the intersection of 15th Street and Constitution Ave., NW, stalling cars in the street, Monday, July 8, 2019, in Washington. (AP Photo/Alex Brandon)

अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यमा भारी वर्षा भएका कारण करिब पाँच महिनादेखिको डढेलो निभेको छ । वर्षाका कारण राजधानी सिड्नीसहित अधिकांश क्षेत्र जलमग्न भएका छन् । जनजीवन प्रभावित भएको छ । मानिसहरु भागदौड गरिरहेको भिडियो क्लिपहरु बाहिरीएका छन् ।

यद्यपी वर्षाले करिब पाँच महिनादेखि लागेको आगोले सखाप पारेको झण्डै पाँच हजार हेक्टर वन क्षेत्र र त्यहाँ बसेका जनावरहरुमा राहत मिलेको छ । आगो नियन्त्रणमा आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

भारी वर्षापछि यातायात सेवा प्रभावित भएको छ भने कतिपय क्षेत्रमा विद्युत सेवाबाट पनि बञ्चित भएका छन् । आइतबार दिउँसोबाट सिड्नी, सेन्ट्रल कोस्ट, हन्टर, ब्लु माउन्टेन्स र इलवारा क्षेत्रमा विद्युत सेवा बन्द भएको छ । वेगले चलेको हावाहुरी र अविरल भिषण वर्षाका कारण सडकछेउछाउका कार थिचेको थियो ।

मौसमविदहरुले भारी वर्षा र बाढीका कारण स्थिति खतरनाक हुनसक्ने चेतावनी दिएका छन् । उनीहरुले पूर्वसर्तकता अपनाउन पनि सुझाएका छन् । फाईल फोटो : गुगल 

यो पनि पढ्नुहोस् 

अष्ट्रेलियाको आगलागी : भवितव्य कि पूर्वयोजना ?  जलवायु परिवर्तनमा मौनता साँधेकाले सिंगो विश्वको यस्तो आशंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?