रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा

लोकपथ
0
Shares

काठमाडौं । रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्यको ८१ औँ वार्षिकोत्सवको अवसरमा युक्रेनमा दुई दिने अस्थायी युद्धविराम घोषणा गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको विज्ञप्तिअनुसार सन् २०२६ मे ८ देखि ९ सम्म युद्धविराम लागू हुने छ । यो कदम दोस्रो विश्वयुद्धमा सोभियत जनताको विजयको स्मृतिमा मनाइने विजय दिवसको अवसरमा सम्मानस्वरूप गरिएको जनाइएको छ ।

रूसले युक्रेनी पक्षले पनि यो युद्धविरामलाई अनुसरण गर्ने अपेक्षा गरेको छ । साथै, विज्ञप्तिमा युक्रेनको किएभ प्रशासनले विजय दिवस समारोहलाई अवरोध गर्ने उद्देश्यले कुनै पनि आक्रमणात्मक गतिविधि गरेमा रूसी सेनाले किएभको केन्द्रमा प्रत्याक्रमण गर्ने चेतावनीसमेत दिइएको छ ।

यसैबिच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मे ५ देखि ६ को मध्यरातदेखि लागू हुने गरी छुट्टै युद्धविराम घोषणा गरेका छन् । उक्त अवधिमा शान्ति र सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

रूसमा प्रत्येक वर्ष मे ९ मा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका लाखौँ मानिसहरूको स्मृतिमा विजय दिवस मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?