काठमाडौं । व्यवसायी शेखर गोल्छालाई हिरासतमा नराख्न अदालतले आदेश दिएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोना सिंहको एकल इजलासले सो आदेश दिएको हो ।
सर्वोच्च अदालतको आदेशपछि सोमबार मात्रै गोल्छालाई धरौटीमा हिरा गर्ने आदेश दिएको थियो । आदेशसँगै छुटेका गोल्छालाई पुनः केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरी म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो ।
सीआइबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको हो ।
न्यायाधीश सिंहको इजलासले उनलाई हिरासतमा नै राखी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको भन्दै म्याद थप गर्न अस्वीकार गरेको हो ।
‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन,’ आदेशमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया