प्रियंका चोपडाका १९ उर्जाशील भनाईहरु

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाको जन्म १८ जुलाई सन् १९८३ मा भएको थियो । उनी सन् २००० की मिस वर्ल्ड समेत हुन् । उनी भारतकी लोकप्रिय महिला मध्येकी एक हुन् ।

उनका धेरै चलचित्रहरु ब्लकबस्टर बनेका छन् । उनी बलिउडमा मात्र नभई हलिउडमा पनि त्यत्तिकै चर्चामा रहेकी छिन् ।
प्रियंका चोपडाका १९ उर्जाशील भनाईहरु

१. सानो सफलतामा सन्तुष्ट भएर कहिल्यै नबस्नु ।

२. सपना प्राप्तिका निम्ति लोभी हुनु जरुरी छ ।

३. हार्नु भनेको खराब हुनु होइन,तर तिमीले हारेका हरेक हारबाट उठ्न सक्नुपर्छ ।

४. तपाईले सधै सकारात्मक सोच राख्नेहरुकै संगत गर्नुहोस्, त्यसैले नजिकका मानिसहरु सचेत भएर छान्नुहोला ।

५. म मेरो क्षमतामाथि पुरा विश्वास गर्छु, र म प्रप्रतिस्पर्द्धा नभएर सहकार्य गर्न रुचाउँछु ।

६. तिमीले आफ्नो सपनामा विश्वास गर, कसैलाई पनि आफ्नो सपनामाथि हस्तक्षेप गर्न नदेउ ।

७. मानिसले तिमीलाई अमिलो कागती दिन्छन् भने तिमीले त्यसलाई गुलीयो अंगुरको जुस बनाएर आराम गर र मानिसलाई कसरी त्यो गर्न सक्यो भनेर सोच्न बाध्य बनाउ ।

८. विगतमा अल्झेर नबस,साथै तिमी कहाँबाट आएका हौ भन्ने कुरा पनि नबिर्स ।

९. संसारलाई आफ्नो हातमा लिनसक्ने तिमीले स्वयंलाई सिकाउनु पर्दछ ।

१०. म एउटी नायिका बन्ने भनेर कहिल्यै तयारी गरेकी थिइन,१७ वर्षमा मिस वर्ल्ड बन्न सकेँ र मात्र नायिका भएँ ।

११. साइज जिरो हुनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिन, भोकै बस्नुपर्छ भन्ने कुरामा पनि विश्वास छैन, महिलाहरुले आफ्नो शारीररिक ढाचालाई स्वीकार गर्न सक्नुपर्छ ।

१२. म चार वर्षकी हुँदा मेरो महत्वकांक्षा विवाह गर्नु मात्र थियो ।

१३. तिमीजस्तो संसारमा तिमी मात्र छौ, आफूलाई चिन्न सक ।

१४. सृजनाशीलताको कुनै सीमा हुँदैन,सृजनशील व्यक्तिले जे चाह्यो त्यो बन्न सक्छ ।

१५. आफ्नो अद्वितीय पनलाई चिन्ने गर ।

१६. मैले खेल्ने रोल जति कठिन हुन्छ त्यति नै राम्रो लाग्छ । कसैले त्यो रोल गर्न सक्दैन भन्छ भने म त्यो रोल नै खेल्न चाहान्छु ।

१७. मेरो विश्वासले भन्छ भाग्य र मिहेनत सँगसँगै हिँड्दछन् ।

१८. आफू जे हो त्यहि हुनु सबैभन्दा राम्रो हो ।

१९. संसारमा कोहि पनि सबैथोकको ज्ञाता हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?