कुकुरको बच्चा बचाउन सर्पले भरिएको तलाउमा कुदे युपी पुलिसका एक जवान

काठमाडौं । युपी पुलिसका एक जवानले कुकुरका तीन बच्चा बचाउँनकै लागि सर्पले भरिएको तलाउमा पसे । उनले सर्पले भरिएको तलाउमा पसेर कुकुरका तीन बच्चालाई बचाउँन सफल भएका हुन् ।

त्यो तलाउमा तीन वटा कुकुरका बच्चाहरु परेका थिए । तर त्यहाँका मानिसहरु तलाउमा भएका सर्पहरुको डरले बचाउँन नसकिने भन्दै रमिता हेरिरहेका थिए ।

जब यो कुरा ति पुलिसले देखे तब उनी तलाउमा हाम फालेर ती कुकुरका तीन बच्चालाई बचाउँन फिल भए । यो घटना भारतको उत्तर प्रदेशस्थित अमरोहामा भएको थियो ।

युपी पुलिसहरुले उक्त जवानको बहादुरीको प्रशंसा गर्दै ट्विटरमा यो पोस्ट गरेका थिए । युपी पुलिसले सर्पले भरिएको तलाउबाट आफ्ना जवानले कुकुर बँचाएको बहादुरीलाई सलाम छ भनेर पोस्ट गरेका छन् ।

स्थानीहरुले पुलिसको यो बहादुरी प्रति सम्मान गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस् :

१० वर्षका बालकले १३ वर्षकी बालिकालाई बनाए गर्भवती

८ वर्षीय बालकको विवाह ६२ वर्षीया वृद्धासँग भएपछि‘

४ गोली लागेर घायल भएकी महिला आमालाई लिएर पुगिन् २८ किमि टाढाको अस्पताल

बेहुलीले बिहे गर्दिन भनेपछि बेहुला बेहोस !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?